Monday, June 15, 2026
Home Blog Page 44
काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुजल विश्वकर्मा, ३२ वर्षीय निरज लामा, काठमाडौं मनमैजु बस्ने झापा शिवसताक्षी नगरपालिका-९ घर भएका ३१ वर्षीय बिदुर याङ्बो र काठमाडौं काभ्रेस्थली बस्ने भोजपुर...
काठमाडौं । भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ। सीमा बन्द हुँदा दुवैतर्फका सवारीसाधन, पैदल यात्री, स्थानीय व्यापारी तथा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकहरूलाई असहज भएको छ। जटही नाका दैनिक रूपमा नेपाल–भारतबीचको व्यापार, आवागमन र आपूर्ति श्रृंखलाको महत्वपूर्ण मार्ग हो।बिहीवार बिहान ६ बजेदेखि साँझ...
काठमाडौं । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा केवलकारमा क्षति पुगेको चन्द्रागिरि केवलकार आगामी शनिबार ९कात्तिक २२ गते०बाट पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्स प्रालिले एक सूचना जारी गर्दै क्षतिग्रस्त संरचना मर्मत–सम्भार सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जानकारी दिएको हो। सो समयमा केवलकारको तल्लो स्टेशन र ट्रान्सफर्मरदेखि केवलकारको सर्भरसम्म पुग्ने वाइरिङमा क्षति पुगेको थियो।दसैंअघि नै...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई तोकिएको छ । पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो । हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । २०५९ सालमा सेवा प्रवेश गरेका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । २०८२ कार्तिक २० गते (बिहीबार)...
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोली युएईसँग भिड्दै छ। बईको आइसिसी एकेडेमीमा बिहान सवा ११ बजे नेपाल र युएईबीचको खेल सुरू हुनेछ। आज खेल्न लागेको खेल सिरिजको अन्तिम खेल हो। यसअघि अमेरिकाविरूद्धको दुवै खेलमा र युएईसँगको एक नेपाल पराजित भएको थियो। जारी सिरिजमा नेपाल जितविहीन छ।
काठमाडौं । आज काठमाडौँको भृकुटी मण्डपमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना आठ दलको एकता घोषणा कार्यक्रम हुँदैछ । पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा राख्ने सहमति गरेका छन् । नयाँ भन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ। उनीहरूले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्।...
काठमाडौं । कुटपिटबाट एक जनाको मृत्यु भएको छ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक जानकारी दिएका छन् । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । कुटपिट गर्ने...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल नेपालको पश्चिमी भ-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा...
भक्तपुर । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ। अध्यक्ष ओली निवास गुण्डुमा ओली र खनालबीच एकता र एमाले पार्टीमा प्रवेशका बारेमा छलफल भएको स्रोतले जानकार दिएको छ । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार पार्टी अध्यक्ष ओली र खनालबीच सकारात्मक वार्ता भएको र एमालेका पुराना नेताहरूबीचको छलफलले सम्बन्धमा...