Sunday, September 20, 2026
Home राजनीति आज आठ दलको एकता घोषणा सभा हुने

आज आठ दलको एकता घोषणा सभा हुने

13

काठमाडौं । आज काठमाडौँको भृकुटी मण्डपमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना आठ दलको एकता घोषणा कार्यक्रम हुँदैछ । पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा राख्ने सहमति गरेका छन् । नयाँ भन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ। उनीहरूले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्। उता एकता घोषणा कार्यक्रम भइरहेको बेला माओवादीबाट अलग भएको जनार्दन शर्मा समूहले पारदर्शी नेपाल नामको अभियान सुरु गरेको छ भने नेकपा एकीकृत समाजवादीबाट अलग भएका महासचिव घनश्याम भुसालले आजै पत्रकार सम्मेलन गरी विराट वाम एकताको अभियान सुरु गर्न लागेका छन् ।