शनिबारबाट चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा आउने

8

काठमाडौं । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा केवलकारमा क्षति पुगेको चन्द्रागिरि केवलकार आगामी शनिबार ९कात्तिक २२ गते०बाट पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्स प्रालिले एक सूचना जारी गर्दै क्षतिग्रस्त संरचना मर्मत–सम्भार सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जानकारी दिएको हो। सो समयमा केवलकारको तल्लो स्टेशन र ट्रान्सफर्मरदेखि केवलकारको सर्भरसम्म पुग्ने वाइरिङमा क्षति पुगेको थियो।

दसैंअघि नै केवलकारमा भएको क्षतिबारे अष्ट्रियन कम्पनीले अध्ययन गरेको थियो। सोही कम्पनीले मर्मत(सम्भार सम्पन्न गरेसँगै अब चन्द्रागिरि केवलकार शनिबारदेखि नियमित चल्ने भएको छ। भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा केवलकारमा क्षति पुगेपछि कम्पनीले सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरेको थियो।