काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिने पाँच विद्यार्थीको टुङ्गो लागेको छ । ललितपुरमा आइतबार सम्पन्न नेपाल इकोनोमिक्स ओलम्पियाड (नियो) मा गोल्ड मेडल जित्ने ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन् ।बुढानीलकण्ठ स्कुलका भार्गभ चटौत र भिक्टर हमाल, लिटिल एन्जल्सका द्रयुश यादव, ट्रिनिटीका मयंक शङ्कर झा र सेन्ट जेभियरका अनुभव ढुङ्गाना ओलम्पियाडका लागि छानिएका नियोले जनाएको छ । प्लस टु...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभई नेपालको विकास हुन नसक्ने बताएका छन्। बालुवाटारमा आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्।‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन। नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने स्थितितिर जाँदैन,’ उनले भने। वर्तमान युग विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको...
सिन्धुली । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले, काँग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् । सिन्धुली सदरमुकाम सिन्धुली माडीमा मङ्गलवार (आज) बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सो धारणा सार्वजनिक गरेका हुन् ।सम्भावित राष्ट्रपतिको रूपमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला...
काठमाडौं । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा शुरु भएको छ । गत बिहीवारबाट शुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो ।धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुरुवात हुने परम्परा छ । नेपाल र...
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलवार छापावाला सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ ।सोमवार प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २...
काठमाडौं । धरानमा ग्यास सिलिन्डर विस्फोट हुंदा आठजना घाइते भएका छन् । धरान उपमहानगरपालिका(१७ मा सोमवारराती ग्यास सिलिन्डर विस्फोट भएको हो ।सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा उपचार भइरहेको छ । घाइतेमध्ये सोनिका राईको अवस्था गम्भीर रहेको जनाइएको छ । राईसहितका तीन जनालाई काठमाडौं रिफर गर्ने तयारी गरिएको छ ।घाइते हुनेमा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति कसलाई बनाउने भनेर निर्णय गर्ने अधिकार आफैँसँग राखेका छन्। सोमबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले तत्काल बैठक बस्न सम्भव नहुने भएकाले राष्ट्रपतिबारे निर्णय लिने अधिकार आफूलाई दिन प्रस्ताव गरेका थिए।‘हामीले राष्ट्रिय सहमतिका लागि प्रयास गरेका छौँ। सहमतिमै राष्ट्रपतिको उम्मेदवार तय हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै पार्टी कार्यालयका सचिव...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध गरेको छ। सोमवार प्राधिकरणले थाइ एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद नगरेर खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताएका हुन्।उनले आजको मितिदेखि थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम बन्द भएको बताए। थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको...
काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होछार मनाउन लागेका हुन् ।मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होछार फागुन...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा जाँदै छिन् । आज हेटौँडा अस्पतालको नव निर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी जाने भएकी हुन्।राष्ट्रपति भण्डारीले अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले जानकारी दिए ।सङ्घीय सरकारको बजेटबाट निर्माण भएको उक्त भवनमा ७० शय्या...










