कठमाडाैँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन माग गरेको छ । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेकाले यसलाई चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक पदहरूको बाँडफाँटमा आफ्नो पार्टीलाई पनि भूमिका दिनुपर्ने बताएका छन्। मङ्गलवार दाङको भालुवाङमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले राष्ट्रपतिको उम्मेदवार बन्नेबारे भने आफूले केही नसोचेको बताए।‘चाहना राख्ने बेग्लै कुरा हो। मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन,’ उनले भने, ‘तर पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् । पूर्व सभामुख एवम् माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा सापकोटा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार नियुक्त भएका हुन् ।चीनको रेन्मिङ विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका थिए । तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशक थिए।...
काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगरका लागि उड्न लागेको सौर्य एयरलाइन्सको विमान रोकीएको छ । एसएयू ७२१ नम्बरको सौयको विमान यात्रुहरूको बोर्डिङ पुरा गरेर धावनमार्ग नजिकै पुगेर अचानक रोकिएको हो ।विराटनगरका लागि उड्न लागेको एयरलाइन्समा अचानक इण्डिकेटरमा समस्या देखिएपछि विमान रोकिएको जनाइएको छ । तर विमानमा पुरा समस्या के हो खुल्न सकेको छैन ।
काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा ईश्वरप्रसाद लामिछाने निर्वाचित भएका छन् । सङ्घको सोमबार राति सम्पन्न तेस्रो महाधिवेशनले उनको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।सङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण गुरुङ, उपाध्यक्षमा केशव मैनाली, लोकबहादुर गुरुङ र मिलन अधिकारी, महासचिवमा प्रकाश रिजाल र टेकबहादुर गुरुङ, उपमहासचिवमा दिपेन्द्र धरेल र सुरज तामाङ, कोषाध्यक्षमा नवराज...
काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने चिकित्सकको सङ्ख्या ३२ हजार नाघेको छ । काउन्सिलमा दर्ता हुनेको सङ्ख्या ३२ हजार ३१८ पुगेको रजिष्ट्रार डाक्टर कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । यस्तै, नेपालमा विशेषज्ञ चिकित्सकको संख्या १० हजार नाघेको छ ।उनका अनुसार विशेषज्ञता हासिल गर्ने चिकित्सक १० हजार ८० पुगेको हो । जसमध्ये १ हजार ८० जनाले इन्टरनल मेडिसिन विशेषज्ञ...
एन्टाक्या । टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रबिन्दु बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो ।सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका धनकुटाका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मङ्गलवार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिबद्धता गरेका हुन्।सो क्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्कालीन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन्। भेटमा प्रधानमन्त्रीले भने, ‘वर्तमान सरकार विदेशमा...
वीरगञ्ज । पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका–४ विजय बस्तीका विश्वास श्रेष्ठको मृत्यु भएको हो । हुलाकी राजमार्ग सडक खण्डको विजय बस्तीमा प्रदेश नं १–०२६–०३०३ नम्बरको स्कारपियोले बिहान ८ बजे बालकलाई ठक्कर दिएको थियो ।स्कारपियोको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगिएको थियो । उपचारको क्रममा बिहान...
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले सात विकेट लिएको छ। नेपालका लागि सन्दीप लामिछानेले ४ र कुशल मल्ल र करण केसीले एकरएक विकेट लिएका छन्। ३५ औँ ओभरमा आफ्नो पाँचौँ ओभर बलिङ गरेका करण केसीले उक्त ओभरको पाँचौँ बलमा विकेट लिएका हुन्।यसअघि सोही ओभरको तेस्रो बलमा स्कटल्यान्डका ब्याट्सम्यान माइकल लिस रन आउट भएका थिए। टस हारेर पहिले...










