Sunday, September 27, 2026
Home राजनीति मलाई दिनुस् राष्ट्रपतिमा पात्र छान्ने अधिकार

मलाई दिनुस् राष्ट्रपतिमा पात्र छान्ने अधिकार

79

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति कसलाई बनाउने भनेर निर्णय गर्ने अधिकार आफैँसँग राखेका छन्। सोमबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले तत्काल बैठक बस्न सम्भव नहुने भएकाले राष्ट्रपतिबारे निर्णय लिने अधिकार आफूलाई दिन प्रस्ताव गरेका थिए।

‘हामीले राष्ट्रिय सहमतिका लागि प्रयास गरेका छौँ। सहमतिमै राष्ट्रपतिको उम्मेदवार तय हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भने, ‘सहमति नभएको अवस्थामा के गर्ने र कस्तो पात्रलाई समर्थन गर्ने भनेर मलाई अधिकार दिनुस्, किनकि तत्कालै बैठक बस्न सम्भव हुँदैन।’

बैठकमा प्रचण्डले सहमतिका आधारमा उम्मेदवार तय नभए काँग्रेससँग सहकार्य हुन सक्नेतर्फ सङ्केत गरेका थिए।

स्रोतका अनुसार प्रचण्डले राष्ट्रपति निर्वाचनमा आफूहरू निर्णायक भएकाले शान्ति प्रक्रिया सम्पन्न गर्ने विषयमा अडान लिनुपर्ने बताएका थिए।