Thursday, September 24, 2026
Home राजनीति मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्तिले विश्वासको मत दिने

मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्तिले विश्वासको मत दिने

40

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ। विश्वासको मतका लागि बहुमत खोजिरहेका शाहलाई उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेको हो। यसअघि नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले सम्झौता बिना मत नदिने बताउँदै आएकी थिइन्।आज बसेको नागरिक उन्मुक्तिको बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले बताएका छन् । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै छन्।