Wednesday, September 30, 2026
Home समाचार कोटेश्वरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

148
सांकेतिक तस्विर

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गए राति काठमाडौँ महानगरपालिका–३२ कोटेश्‍वरमा प्रदेश ३-०२-००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका-५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौँ मेडिकल कलेज सिनांमगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जना महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ।