Wednesday, October 7, 2026
Home राजनीति प्रधानमन्त्रीले धोका दिएपछि सरकारबाट बाहिरियौँ

प्रधानमन्त्रीले धोका दिएपछि सरकारबाट बाहिरियौँ

17

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो व्यंग्य गरेका हुन्। उनले नयाँ गाडी दिँदादिँदै पनि ड्राइभर पुरानो गाडीमा फर्किएपछि आफू बाध्य भएर सरकारबाट छुट्नुपरेको बताए। उनले प्रधानमन्त्री दाहालले धोका दिएपछि आफू सरकारबाट बाहिरिएको र यसमा इतिहासले मूल्यांकन गर्ने बताए।

उनले भने,‘हामीले त लाइसेन्स प्राप्त ड्राइभरलाई गाडी चलाउन दिएका थियौँ। तर, उहाँ स्टार्ट गर्न नपाउँदै पुरानै गाडी चलाउँछु भनेर झर्नुभयो। त्यसपछि हामी सरकारमा बसिरहन सकेनौँ। समर्थन फिर्ता लियौँ। तर उहाँले धोका दिनुभयो। यो मुलुकमा नैतिकता पनि हुन्छ भनेर हामीले देखायौँ। प्रधानमन्त्री दिइरहेको गाडी छोडेर भाग्नुभयो।’ अध्यक्ष लिङ्देनले राप्रपाले विश्वासको मत नदिने पनि बताए।