काठमाडौं । लेखक अपर्ण योञ्जनका कृति ‘बालुवाको पिरामिड’ कविता संग्रह र उपन्यास ‘मुमुक्षु’ लोकार्पण गरिएको छ । यी दुई उनका पहिला कृति हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहका बीच शनिबार दुवै कृति एकैसाथ लोकार्पण गरिएको हो । लोकार्पण कार्यक्रममा पुस्तककाबारे जानकारी दिँदै लेखक योञ्जनले एकैसाथ दुवै कृति लोकार्पण गर्न पाउँदा खुुसी महसुस भएको प्रतिक्रिया दिए ।इटर्नल पब्लिकेसन प्रालिले बजारमा...
चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ ।
मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।
केही मतदान केन्द्रमा अहिले पनि मतदाता लाइनमा रहेकाले मतदान जारी छ । ५ बजेसम्ममा मतदान केन्द्रमा...
काठमाडौं । वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आरोहीको बास व्यवस्थापनका लागि टाँगिएका रङ्गीचङ्गी पाटले आधार शिविरमा रौनक छाएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यतिखेर ३० भन्दा बढी...
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ३०६ नमुना, ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोनाको संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २२ जना, आईसीयूमा ३ जना...
काठमाडौँ । बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनको मतदान सम्पन्न भएको छ ।केही स्थानमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो । यी तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।मतदानका लागि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।
ललितपुर : दोस्रो नेपाल भारत बाइल्याटेरियल टी २० नेत्रहीन महिला क्रिकेट सिरिज मंगलबार सुरु हुँदैछ।नेत्रहीन क्रिकेट संघ, नेपालको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका नेत्रहीन महिला क्रिकेट टिमबीच ५ वटा खेल हुनेछ। काठमाडौंमा तीन र पोखरामा दुई खेल हुने अध्यक्ष पवन घिमीरेले जानकारी दिए।सिरिजका लागि सुष्मा पटेलको कप्तानी रहेको २२ सदस्यीय भारतीय नेत्रहीन महिला क्रिकेट टिम...
ललितपुर : रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य लगभग सकिएको छ। अक्षय तृतीयाको भोलिपल्ट सोमबार पुलचोकबाट रथयात्रा सुरु गर्नुपर्ने भएकाले गुठीयार रथ तान्ने डोरी मिलाउन व्यस्त छन् । वैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई पाटन तहःबहालबालबाट ल्याएर निर्माणधीन रथमा रथारोहण समेत गराइएको छ। रथारोहण नै गराइसकिएको अवस्थामा अब रथलाई सिंगार्ने र कला कौशल वरिपरि हाल्ने काम मात्र बाँकी रहेको गुठी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रको कुरा गर्ने राजनीतिक दलहरूलाई इतिहासले मूल्यांकन गर्ने बताएका छन्। आइतबार चितवनको भरतपुर–११ स्थित नयाँकिरण माविमा अवलोकनका लागि पुगेका उनीमाथि हुलहुज्जत भएपछि फेसबुक लाइभमार्फत लोकतन्त्रको सुन्दर पक्षलाई नजरअन्दाज, हुलहुज्जत गरे इतिहासको मूल्यांकन गर्ने बताएका हुन्।उनले भनेका छन्, ‘सबैजनालाई संयमित हुनुहोला। यतिखेर हामीसँग मतदान बाहेक विकल्प छैन। लोकतन्त्रको सुन्दर पक्ष मतदान...
दाङ : ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगी रामले बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ। शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र नी जना सैनिक जवानको मृत्यु भएको छ। सुरक्षा फौजले ८८ जना जिहादीलाई नियन्त्रणमा लिएको छ।अतिवादी समूहले शनिबार मध्य मोप्ती क्षेत्रको सेभेरे विमानस्थल क्षेत्रमा कारबम विष्फोट गराउँदा १० जना सर्वसाधारणले ज्यान गुमाएका तथा ६१ जना घाइते भएका सरकारले एक विज्ञप्ति निकालेर बताएको छ।विष्फोटबाट विमानस्थल...










