काठमाडौं : चितवनको भरतपुर–११ स्थित नयाँकिरण माविको मतदान रोकिएको छ। मतदानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दलका कार्यकर्ताहरूबीच विवाद भएपछि मतदान रोकिएको हो। रास्वपा सभापति रवि लामिछाने उक्त मतदान स्थलमा पुगेसँगै उनका समर्थकले नाराबाजी गरेका थिए। विपक्षी दलका कार्यकर्ताहरूले मतदान चलिरहेका बेला नाराबाजी गर्न नपाइने बताएपछि विवाद भएको थियो।
पोखरा । धौलागिरि हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता भएका छन् । धौलागिरि आधार शिविरबाट समान पुर्याएर फर्किने क्रममा भरिया अमृत राई बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-१ नुथलाका २० वर्षीय राई हिमपातमा परी बेपत्ता भएको खबर प्राप्त भए पछि खोजी कार्य जारी राखिएको छ । धौलागिरि आधार शिविरमा समान पुर्याएर फर्किने क्रममा भारी...
भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीमा निजी विद्यालयका विद्यार्थी भन्दा बढी खर्च हुने बताउनुभएको छ । ठुली व्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापक लाई बिदाइ तथा नयाँ शिक्षकलाई स्वागत कार्यक्रममा बोल्दै उहाँले निजी विद्यालयमा भन्दा पनि सामुदायिक विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीमा बढी लगानी हुने बताउनुभएको हो ।कम सेवा सुविधामा पढाउने निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा सरकारको...
काठमाडौं । गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोली (आइतबार) बैशाख १० गते उपनिर्वाचन हुने क्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ ।गृह मन्त्रालयले जारी गरेको सूचना हेर्नुहोस्:
दाङ । जिल्लामा श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीको हत्या आरोपमा उनका ४१ वर्षीय श्रीमान मेघराज पक्राउ परेका हुन्। उनलाई शुक्रबार राति घोराही उपमहानगर३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए।वैशाख १ गते राति साढे ९ बजे काठको चिरपटले हानेर शारदाको...
पाल्पा । दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यतिबेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिनुभएको छ ।दाँत नहुँदा अनुहारको चमक हराएको, गाला चाउरी परेको र खान पनि समस्या भएको भन्दै उहाँले कृत्रिम दाँत राखेपछि निकै सहज भएको अनुभव सुनाउनुभयो । उहाँको अनुहारमा देखिएको यो खुसी भने गाउँमा आयोजना गरिएको दन्तरोग विशेषज्ञ निःशुल्क शिविरका कारण उहाँले...
काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी (बिजेपी)को प्रदेश कार्यालयलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन् । पत्र प्रेषकको नाम र अन्य विवरण पनि त्यसमा...
Chief Minister of Gandaki Province Khagaraj Adhikari underscored the need of protecting federal governing system, inclusive democracy, socialism-oriented constitution, social justice among other achievements earned from various revolutions and movements. In a message on the 74th establishment day of the Nepal Communist Party here today, CM Adhikari pointed out the need of more ideological, theoretical, structural and emotional unity...
कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।स्कारपियोमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका वडा...
बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिनुयो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई भेरी अस्पताल लगिएको थियो । उहाँलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र...









