Monday, September 21, 2026
Home समाज ९ वर्षीया बालिकामाथि बलात्कार, एक जना पक्राउ

९ वर्षीया बालिकामाथि बलात्कार, एक जना पक्राउ

29

दाङ : ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगी रामले बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।