काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घन्टामा कोरोना बाट कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ३१ संक्रमित निको भएका छन् । पीसीआर र एन्टीजेन विधिबाट गरिएको १हजार ६ सय ३० नमुना परीक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि...
एजेन्सी । धेरैलाई थाहा नहुन सक्छ केही हामीले सहजै पाउने खानेकुराहरुले यौन शक्तिलाई मजबुत बनाउँछ । त्यस्ता खानेकुराले सेक्स ड्राइभ बढाउँदै यौन जीवनलाई अझ स्वस्थ बनाउँछ । हाम्रो गाउँघरमा सहजै पाउने यी खानेकुराहरु के-के हुन् ?१. स्ट्रबेरी
स्ट्रबेरी भिटामिन सी को उत्कृष्ट स्रोत हो, जसले पुरुषहरुमा शुक्राणुको संख्या बढाउँछ । साथै, यसले मुटु र धमनीहरूमा रक्त संचार सहज बनाउँछ ।...
चितवन। बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले दुई शिक्षकलाई निलम्वन गरेको छ । वुधबार दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका-४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । परीक्षा हलबाट निकालिएकी थापाले भरतपुर-१०मा रहेको भाडाको घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी...
काठमाडौं । अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा आगामी वर्ष आयोजना हुने प्रतियोगिता संयोजक राजु क्षेत्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । प्रतियोगिताको मिति भने तोकिएको छैन । अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा आयोजना गर्ने उक्त प्रतियोगिताको एक संस्करण अमेरिका...
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली शरणार्थी प्रकरणमा अमेरिकाको दबावका कारण सरकारले छानबिनमा तदारुकता देखाएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारको भ्रष्टाचार विरोधी नीतिको उपज छानबिन प्रक्रियाले तीव्रता नपाएको बरु अमेरिकाको धम्कीपूर्ण दबाबको कारणले कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ परेका र एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको दाबी गरेका हुन्।उनले यस प्रकरणमा अमेरिकाको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकै दिन देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।कांग्रेसका एक नेताका अनुसार देउवाले बुधबार साँझ ५ बजे धुम्बाराहीस्थित निवासमै नेताहरुलाई बोलाएका छन् । छलफलको विषय सार्वजनिक गरिएको छैन । यद्यपि केन्द्रीय सदस्य खाँण पक्राउ परेको विषयमा पनि...
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् । साइबर व्यूरो भोटाहिटीमा दिएको उजुरीमा उनले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट...
काठमाडौँ । नेपाल एपीएफ अस्पतालमामा वैशाख २७ गते देखि डायलाईसिस सेवा सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौँको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाईसिस सेवाको बुधबार उद्घाटन गरे ।सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकारले जनस्वास्थ्य प्रति चासो राख्दै डायलिसिस र मिर्गौला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय भएपछि सुरु भएको डायलाईसिस सेवाले नेपाल एपीएफ अस्पतालको...
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ गरेको छ । झापाको दमक नगरपालिका-३ शान्ति मार्ग बस्ने ६५ वर्षीया फुलमाया लिम्बू राईलाई अवैध लागूऔषध गाँजा १७ केजीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी बेलडाँगी र सशस्त्र प्रहरी बल बेलडाँगीबाट खटिएको संयुक्त टोलीले उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई...
काठमाडौँ– नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौँमा लगिएको छ । प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो । नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले...










