Wednesday, October 14, 2026
Home राजनीति पार्टीका शीर्ष नेताहरुसंग छलफलमा देउवा

पार्टीका शीर्ष नेताहरुसंग छलफलमा देउवा

32

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकै दिन देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।कांग्रेसका एक नेताका अनुसार देउवाले बुधबार साँझ ५ बजे धुम्बाराहीस्थित निवासमै नेताहरुलाई बोलाएका छन् । छलफलको विषय सार्वजनिक गरिएको छैन । यद्यपि केन्द्रीय सदस्य खाँण पक्राउ परेको विषयमा पनि छलफल हुन सक्ने देउवा निकट स्रोतको भनाइ छ ।