भक्तपुरको दुवाकोट बस्ने राउतले टिकटककी साथीलाई यसो गरेपछि …..

132

भक्तपुर । युवतीलाई दुव्र्यहार गरेको भन्दै प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले पक्राउ गरेको छ । उनको स्थायी घर जुम्ला तिला गाउँपालिका-९ रासा हो । अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राउतलाई पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल टिकटकमार्फत पीडित महिलासँग साथी बनाएका थिए। फेसबुक, म्यासेन्जर, ह्वाट्सएपमा समेत साथी बनेर संवाद गरेको प्रहरीले अनुसन्धानमा खुलेको छ ।

कुराकानी गर्दा यौन दुर्व्यवहार गरेको र स्क्रिन रेकर्ड समेत गरी फेक आइडीमार्फत सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप उनीमाथि लागेको छ। काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।