Sunday, September 20, 2026
Home राजनीति कालापानी सट्टापट्टा गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति

कालापानी सट्टापट्टा गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति

31
तस्विरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रहित विपरीतको अभिव्यक्ति दिएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डप्रति प्रश्न गर्दै कालापानीसहितका क्षेत्रलाई सट्टापट्टा गर्न सकिने उनको अभिव्यक्ति राष्ट्रहीतविपरीत रहेको बताएका हुन्। ‘प्रधानमन्त्रीज्यूले अन्तर्वार्तामा कालापानीसहितका विषयलाई सट्टापट्टा गर्न सकिने विषय राख्नुभयो। नेपालको भूमि यस प्रकारले सट्टापट्टा गर्ने अधिकार प्रधानमन्त्रीज्यूलाई कसले दियो? उहाँले दिएको यो अभिव्यक्ति राष्ट्रहितविपरीत हो,’ उनले भने। सचेतक बर्तौलाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संविधानको धारा ५ उपधारा (२) मा दण्डनीय व्यवस्था गरेको बताए।