Friday, October 16, 2026
Home राजनीति भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

28

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भारत भ्रमणको निम्तो दिएको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी मोदीलाई निम्ता गरेको बताए। ‘मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई नेपाल भ्रमणको निम्तो दिएको छु। उहाँले सन् २०१४, २०१८ र २०२२ मा नेपालको भ्रमणको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको र उपर्युक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभएको छ,’ उनले भने।