Saturday, April 25, 2026
Home Blog Page 274
विराटनगर : महेन्द्र मोरङमा मानविकी संकायको स्नातक तहमा अध्ययनरत एक विद्यार्थीको उत्तर पुस्तिका साटफेर गरिएको विद्यार्थीको दाबी छ। महेन्द्र मोरङ क्याम्पसकै प्राध्यापक राजन दत्तकी छोरी आस्था दत्तलाई उत्तीर्ण गराउन उत्तर पुस्तिका साटफेर गरेको आरोप लागेको हो। विद्यार्थी सन्ध्या कायस्थको थप कपी निकाली क्याम्पसका प्राध्यापक दत्तकी छोरी आस्थाको कपीमा जोडेर पास गराएको विद्यार्थीको भनाइ छ। आफूले लेखेको मानविकी संकायको स्नातक...
काठमाडौं : सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ। बुधवार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी र सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए। समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतीक परेवा उडाएका थिए। हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै सुरक्षा निकायका...
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सीमित नरहने बताएका छन्। बुधबार संविधान दिवसको अवसरमा काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको उद्घाटन गर्दै यस्तो बताएका हुन्। उनले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा मात्रै सीमित नहुने भन्दै सरकारले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगञ्ज र चाबहिल क्षेत्रमा पनि विस्तारै विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए।...
पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चारजना गम्भीर घाइते भएका हुन्। अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन्। सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा आँधी साँझ ५ बजेतिर भएको हो।...
काठमाडौं : संसद्‌मा पेस भएको प्रस्तावि शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरू जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्। माइतीघरमा जम्मा भएर जुलुससहित उनीहरू नयाँ बानेश्वरतर्फ नाराबाजी गर्दै अघि बढेका हुन्। शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन्। संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी...
एजेन्सी । भारत र क्यानडाको सांकेतिक लडाई सुरु भएको छ । भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो । भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा रहेका क्यानडाका उच्चायुक्तलाई बोलाएर उच्चायोगका...
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ । महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो ।विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ । मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा वार्ता समिति...
काठमाडौं । अहिले संविधान संशोधन गर्ने बेला नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले अब संविधान संशोधन गर्दा विचार पु¥याएर मात्र गर्नुपर्ने बताएका हुन् ।यसअघि तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको भन्दै ओलीले भने, ‘अब संविधान संशोधन गर्दा अलिकति बढी, तत्काल...
काठमाडौँ । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चार जनालाई आज सार्वजनिक गरेको छ। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो।पक्राउ पर्नेमा बागबजार घर भइ सितापाइला बस्ने ४४ वर्षीय सुरज गुरूङ, पर्सा वीरगन्ज घर भइ हाल क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी छन्। साथै अन्य दुई जना भारतीय नागरिकहरू पश्चिम बङ्गालका ४७...
भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पूनः संजय खड्का निर्वाचित भएका छन् । छठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालकरप्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शिव कृष्ण कवां र उपाध्यक्षमा राम प्रसाद खाताखोलाई निर्वाचित गरेको छ भने सचिवमा कुमार थापा मगर र सहसचिवमा दिनेश शाक्य...