काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ हुने भनिएको थियो । तर, न्यायाधीशको बढुवा, सरुवा र हरितालिका तीजका कारण सोमबारको सुनुवाइ स्थगित भएको हो । बलात्कार अभियोग लागेको सन्दीपविरुद्ध मुद्दाको सुनुवाइको अर्को मिति तोकिएको छैन । सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने...
काठमाडौँ । सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् ।
अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी पनि पार्टीको भएको उनले बताए । एकीकृत समाजवादीलाई बाहिर निकालेर सत्ता गठबन्धन कमजोर पार्ने प्रयास भइरहेको नेपालले बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एकीकृत समाजवादीले होसियार भएर अगाडि...
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी भोली नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।हरितालिका तीज को व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी...
काठमाडौं । असोज ३ गते राप्रपा नेपालले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा गत भदौ २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो ।बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले अहिले...
काठमाडौं । स्थगित बिपी साहित्य महोत्सव नेपाली कांग्रेसले असोज ३ गते गर्ने भएको छ।
संविधान दिवसका दिन कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बिपी महोत्सवको बाँकी कार्यक्रम गर्ने भएको हो। असोज ३ गते बिहान १०:३० बजेदेखि अपराह्न ५ बजेसम्म बिपी साहित्य महोत्सव हुनेछ ।
कांग्रेसले भदौ २४ र २५ गते पनि बिपी साहित्य महोत्सवमा विभिन्न कार्यक्रम गरेको थियो।
नेकपा एमालेका...
काठमाडौ । केही वर्ष यता बिदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो चाडपर्व भव्य रुपमा मनाउने गरेका छन् । युरोपको सुन्दर देश जर्मनीमा बस्ने नेपाली महिलाहरुले तीज पर्वलाई धुमधामसंग मनाएका हुन् । जर्मनी हम्बर्क शहर बस्ने नेपाली महिलाहरूले भेला भएर एक अर्कालाई शुभकामना दिदै तीज मनाएको लामो समयदेखि सपरिवार जर्मनमा बस्दै आएकी रमा लामिछानेले जानकारी दिनुभएको छ ।लामिछानेका अनुसार उक्त शहरमा...
काठमाडौं । दक्षिण अमेरिकी मुलुक ब्राजिलको अमेजन क्षेत्रमा एउटा प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै उनीहरूले प्रतिकूल मौसमका कारण दुर्घटना भएको बताएका छन् । अमेजनस राज्यका सुरक्षा सचिव भिनिसियस अल्मेडाले अतिकम ‘भिजिबिलिटी’ मा...
काठमाडौं । भोली हरितालिका तिज पर्व त्यसैले आज दर खाने दिन हो । 'दर' भन्ने बित्तिकै 'आमा'ले पकाएको मिठो-मिठो खाने कुरा भन्दा फरक नपर्न सक्छ । भोली दिनभर वर्त बस्ने भएकाले पनि महिलाहरुले दर खाना स्वस्थकर खाना खादा नै उत्तम हुनेछ । त्यसैले यस्ता परिकार बनाएर खादाँ स्वास्थ्यमा समेत फाइदा पुग्दछ ।हामी सधैं दाल, भात तरकारी खान्छौँ, त्यसैले दरमा...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर...
काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । ३१ भदौ आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिने भएको हो ।बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।गत आर्थिक वर्षको मुनाफाबाट यसअघि माछापुच्छ्रे, एभरेष्ट, सानिमा र एनआईसी एशिया...









