Tuesday, September 29, 2026
Home राजनीति सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइद

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइद

189

काठमाडौं : सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ। बुधवार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी र सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए। समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतीक परेवा उडाएका थिए। हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै सुरक्षा निकायका विभिन्न समूहले कवाज प्रस्तुत गरे। त्यस्तै विभिन्न साँस्कृतिक समूहले झाँकी प्रदर्शन गरे। आठ वर्षअघि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको सम्झनामा संविधान दिवस मनाइन्छ।