Thursday, October 1, 2026
Home राजनीति एमालेको मध्यपहाडी यात्रा सुरु

एमालेको मध्यपहाडी यात्रा सुरु

36

बैतडी : नेकपा एमालेले मध्यपहाडी यात्रा सुरु गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर अभियानको सुरुवात गरे। अध्यक्ष ओलीले नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गरेका हुन्। योसँगै एमालेको आजदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभज्याङसम्मको यात्रा सुरु भएको छ। यात्रा पुस १ गते सकिने अध्यक्ष ओलीले बताए। उनले सकरात्मक परिवर्तनका लागि एमालेले मात्रै नेतृत्व गर्न सक्ने धारणा राखे।‘अहिलेको सरकारीको अकर्मण्यता, अहिले देशको ओरालो लागेको अर्थतन्त्र र राजनीतिक अस्थिरता हटाउन यो अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।’ उनले भने, ‘देशमा भएको राजनीतिक बेथिति, अस्थिरता हटाउन र राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्न संकल्प यात्राको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्छु।’