पेस्तोलसहित एकजना पक्राउ

20

रुपेन्देही : सशस्त्र प्रहरी बलले रूपन्देहीको सियारीबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। सियारी गाउँपालिका २, च्याङ्था इलाकामा सशस्त्र प्रहरीको सुरक्षा बेस अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा राति पौने ११ बजे पेस्तोलसहित स्थानीय अमेरिका थारुलाई पक्राउ गरेको हो। उनको साथबाट अन्दाजी ६ मिमि राउण्ड लाग्ने रिभल्वर पेस्तोल एक थान र लाभा कम्पनीको एकथान मोबाइल सेट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देही प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए।