Saturday, May 9, 2026
Home Blog Page 2144
माघ २, गोरखा । तनहुँको आँबुखैरेनीबाट ध्वाँसे बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिकास्थित बारपाकका ३५ वर्षीय इतबहादुर घले र नुवाकोट सुनखानीका २८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । बा १५ च ७४५६ नं को स्कारपियो गाडी खोजतलासका क्रममा आज इप्रका आँबुखैरेनी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को...
माघ २, इनरुवा । सुनसरीमा अत्यधिक चिसोका कारण आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उहाँका दाजु सजनले जानकारी दिनुभयो । दैनिक ज्याला मजदुरी गरेर दुई छोराछोरी र श्रीमती पाल्दै आएका ऋषिदेवको मृत्युपछि उहाँको परिवार आर्थिक समस्यामा परेको छ । रासस
माघ २, भक्तपुर । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सत्ता छाड्नु पर्ने सरकार आफै वाम एकता भाड्न लागिपरेको आरोप लगाउनु भएको छ । भक्तपुरबाट नियमित रुपमा प्रकाशित हुदै आएको समय समाज साप्ताहिकको १३ औ वर्ष प्रवेश कार्यक्रममा बोल्दै उहाँले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताउनु भएको हो । “एमाले र माओवादी केन्द्रको एकता...
माघ २, काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको हो । आयोगको विज्ञ समूहले अध्यक्ष एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, ‘कूटनीतिक नियोग तथा विदेशीले गैह्रकानुनी रुपमा बलमिचाइपूर्वक विद्यालयहरु खोलेका...
पुस २, काठमाडौँ । तनहुँमा जन्मेर जापान पुगी विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिको सक्रियतामा ‘तनहुँ समाज जापान’ गठन गरिएको छ । तनहुँ जिल्लाबाट जापानमा गई बसोबास गर्ने तनहुँवासीको आइतबार जापानको टोकियोमा भेला भएर विजय थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । समाजको उपाध्यक्षमा सुमन भट्टराई र मीन गुरुङ, सचिवमा सुनिल रिजाल र कोषाध्यक्ष सुनिता कँडेल चयन...
माघ २, इलाम । माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा सोमबारदेखि माईबेनी मेला शुरू भएको छ । तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लागेको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माईबेनी मेलामा मकर नुहाउन आउने गरेका छन् । यहाँ मकर स्नान...
माघ २, भोजपुर । प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो । मध्यपहाडी लोकमार्गमा गस्तीमा रहेका प्रहरीलाई रोकेर हातपात गरेको प्रहरीको भनाइ छ...
पुस ३०, नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताउनुभएको छ । थारु जातीको माघी पर्वका अवसरमा नवलपरासीको ९बर्दघाट सुस्ता पूर्व० नवलपुरको देवचुलीमा भएको बृहत् दोस्रो खिचडी कार्यक्रममा शनिबार महामन्त्री डा कोइरालाले यस्ता चाडपर्वले नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने विचार व्यक्त गर्नुभयो ।...
पुस ३०, बैतडी । जनशक्तिको अभावमा पाँच महिनादेखि बैतडीको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा रहेको एक्स–रे प्रयोगविहीन अवस्थामा थन्किएको छ । प्राथमिक स्वास्थ्यकेन्द्र पाटनमा रहेको एक्स–रे मेसिन सञ्चालन गर्ने जनशक्तिको अभाव हुँदा त्यत्तिकै थन्किएको हो । एक्स–रे मेसिन सञ्चालनमा नआउँदा बिरामी समस्यामा परेका छन् । पाटन प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट लोकेन्द्र ऐरका अनुसार एक्स–रे मेसिन जडान गरेको दिनदेखि एक दिन...
पुस ३०, मोरङ । मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ । उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नंको यात्रुवाहक बसले सोही दिशाको साइकलयात्रीलाई ठक्कर दिँदा रतुवामाई– ९ बस्ने ४८ वर्षीय काशीराम धामी थारुको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका धामी थारुको न्यूरो अस्पताल विराटनगरमा उपचारका...