Saturday, May 9, 2026
Home Blog Page 2142
माघ ७, नुवाकोट । भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर विस्थापित भएका तादी गाउँपालिका–१ उर्लेनीका २७ परिवारका लागि खरानीटारको बुदुनेमा जग्गा खरिद गरिएको छ । भूकम्प र पहिरोले बस्ती नै बगाएपछि विस्थापित भएकालाई तादी–३ खरानीटारको बुदुनेमा जग्गा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिनुभयो । उर्लेनीबाट विस्थापित भएका २४ परिवारलाई पुस अन्तिम साता बुदुनेमा नै जग्गा उपलब्ध गराई विस्थापितको...
माघ ७, लमजुङ । सरकारी राहत पाएसँगै जिल्लामा पुनःनिर्माणले गति लिएको छ । राहतको लामो प्रतीक्षामा बसेका भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउनासाथ पुनःनिर्माण कार्यलाई तीव्रता दिएका हुन् । पहिलो किस्ता पाएसँगै प्राविधिक खटाइएपछि अधिकांश भूकम्प पीडितले घर निर्माण शुरु गरेका छन् । भूकम्प प्रभावितलाई अनुदान वितरण निर्देशिकाबमोजिम पहिलो किस्ता रकम रु ५० हजार वितरण गरिएको छ...
माघ ७, झापा । झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको...
माघ ६, भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणासभाको उद्घाटन शत्रमा बोल्दै शनिबार सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गरी सिंगो भारतीयलाई नेपालमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले डोलेश्वरले पूर्वाधार विकासलगायत...
माघ ६, काठमाडौं । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् । ‘गुण्डा नाइके’को रुपमा चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको...
माघ ६, काठमाडौं । राजधानी काठमाडौंमा जाजरकोट महोत्सव हुने भएको छ । स्थानीय लोक संस्कृति, पर्यटनकीय स्थलको जानकारी दिन मेलाको आयोजना हुने लागेको हो । काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा मेलाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा अगुवाहरुले जाजरकोट नराम्रो प्रचारबाट पीडित भएको बताए । उनीहरुले जाजरकोटको सम्भावनाबारे कहिल्यै छलफल नभएको गुनासो गरेका थिए । उनीहरुले गलत प्रचार भइरहेको बेला मेला आयोजना हुनु...
माघ ६, काठमाडाँै । नेकपा एमाले का नेता सुवास नेम्वाङले एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताउनुभएको छ । संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले आज यहाँ ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएकाले चाँडै नै दुई पार्टी एक हुने...
माघ ६, दाङ । यहाँका महिला राजधानी माग गर्दै सडकमा उत्रिएका छन् दाङमा जारी आन्दोलनको आज पाँचौँ दिन महिला राजधानीको मागसहित सरकारको निर्णय फिर्ताको माग गर्दै सडकमा आएका हुन् । उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेता पनि सडकमा आउनुपर्ने माग गर्दै तुलसीपुर बजारमा प्रदर्शन गरेका छन् । गाउँगाउँबाट बजारमा आएर सडक तताएका महिलाले हातहातमा थाली, डाडु, चम्चा र भाडा लिएर...
माघ ५, चितवन । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना...
माघ ५, काठमाडौँ । राखेप च्याम्पियनसिपअन्तर्गत १७औँ पुरुष तथा दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत महिलातर्फको फाइनलमा नेपाल आर्मी र मध्यमाञ्चल प्रवेश गरेका छन् । राउन्ड रोविन लिगअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पश्चिमाञ्चललाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । आर्मीको जितमा टंकमाया खपांगी र पिंकी सिन्जालीले एक/एक गोल गरे । आर्मी शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको...