काठमाडौंमा जाजरकोट महोत्सव हुने

208

माघ ६,
काठमाडौं । राजधानी काठमाडौंमा जाजरकोट महोत्सव हुने भएको छ । स्थानीय लोक संस्कृति, पर्यटनकीय स्थलको जानकारी दिन मेलाको आयोजना हुने लागेको हो । काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा मेलाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा अगुवाहरुले जाजरकोट नराम्रो प्रचारबाट पीडित भएको बताए । उनीहरुले जाजरकोटको सम्भावनाबारे कहिल्यै छलफल नभएको गुनासो गरेका थिए । उनीहरुले गलत प्रचार भइरहेको बेला मेला आयोजना हुनु राम्रो भएको धारणा राखेका थिए । कार्यक्रमको प्रमुख अतिथि तथा पूर्व सभासद् कालिबहादुर मल्लले जाजरकोट सम्भावनाको खानी र लोक संस्कृतिको धनी भएपनि प्रचारमा आउन नसकेको बताउँदै त्यसको लागि मेलाले त्यसमा सहयोग पुर्याउने विश्वास ब्यक्त गरे । माओवादी केन्द्रका नेता मल्लले राजधानीमा आयोजना हुन लागेको मेला शान्त तलाउमा ढुंगा हानेजस्तै हुने बताए । मल्लले मेलाले नयाँ सन्देश मात्रै छर्ने नभएर जाजरकोटीहरुलाई जागरुक बनाउन सहयोग गर्ने बताए । जाजरकोट प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य गणेश सिंहले जाजरकोटी जनताको इच्छा पुरा गर्न आफनो काँधमा नयाँ जिम्मेवारी आएको बताए । उनले काठमाडांैमा हुन लागेको जाजरकोटी लोक संस्कृती तथा परम्परागत मेला जिल्लाको लागि नयाँ सुरुवात हुने विश्वास व्यक्त गरे । पुर्वसांसद तथा नेकपा एमालेका नेता गोविन्द बिक्रम शाहले जाजरकोटको संस्कृति सिंगो नेपालको पहिचान मुलक संस्कृति रहेको बताए । शाहले जिल्ला सम्भावनाहरूको खोजीमा रहेको बताए । काठमाडौँमा हुने राष्ट्रिय प्रदशनीको लागि तयारी ब्यापक हुनुपर्ने धारण राखे । नेकपा एमालेका युवा नेता निरज आचार्यले जाजरकोटमा भएका अथाह सम्भावनाका कुरा बाहिर ल्याउन नसकेको कुरा बताए । उनले ढिमेको खाँडोलगायत जिल्लाका विभिन्न ठाउँमा रहेका महत्वपुर्ण चिनारीहरुलाई बाहिर ल्याउन सबैको दायीत्व भएको बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मुक्ती आचार्य कुनैबेला काठमाडौलाई चुनौती दिइरहेको जाजरकोट पर्दापछाडी रहनु दुःखद कुरा रहेकोे बताए । आचार्यले प्राकृतिक र संस्कृतीको धनी भएर पनि सम्भावनाहरुलाई पहिल्याउन नसक्नु सबैको कमोजारी रहेको धारणा राखे । उनले काठमाडौंमा हुने जाजरकोटको संस्कृतिक प्रदशनी हरेक हिसाबले महत्वपूर्ण रहेको बताउँदै सफल बनाउन बनाउन सबैका दायित्व रहेको बताए । जाजरकोट सम्भावना बोकेको जिल्ला भएको बताउँदै भेरी नगरपालिकाका मेयर सिपी घर्तीले गफ चुटेर बस्नुभन्दा काम गर्नतिर लाग्नुपर्ने धारणा राखे । घर्तीले जाजरकोटप्रतिको बुझाई बदल्नु पर्ने बताए । उनले फराकिलो मन बनाएर जाजरकोटको विकासका लागि लागिपर्नु पर्ने बताए । मेयर घर्तीले काठमाडौंमा हुन लागेको मेला तथा प्रदर्शनीले जाजारकोटको विकासको लागि महत्वपूर्ण हुने बताए । क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले जाजरकोट राज्यको उचित ब्यवस्थापन र नितिमा सहि दृष्टिकोण नभएका कारण पछि परेको बताए ।