फागुन २४,
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले न्यायालयलाई समेत धम्क्याएर राज्यसंयन्त्रमाथि राजनैतिक नियन्त्रण जमाउन उद्त रहेको बताएका छन् ।
१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघले बिहीबार केन्द्रीय पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वामगठबन्धनको सरकारले आफ्नो अनुकुलतामा राज्यका संबैधानिक अंगमाथि हस्तक्षेप गर्दै नियन्त्रण जमाउन खोजेको आरोप लगाएका हुन्...
काठमाडौं । बन्दको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले शुक्रबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई दिएको जानकारी अनुसार फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि उनलाई पक्राउ गरिएको हो ।
मुम्बई (एजेन्सी ) । बलिउडका चर्चीत अभिनेता जितेन्द्रलाई यौन शोषणको आरोप लागेको छ । जितेन्द्र अहिले ७५ वर्षका भइसेका छन् । उनलाई आफ्नै कजिनले यौन शोषणको आरोप लगाउदै एफआइआर दर्ता गराएकी छन् । जितेन्द्र बिरुद्धको एफआइआर शिमलामा दर्ता भएको छ ।
आफुलाई पीडित बताउँदै उनको कजिनले यो आरोप लगाएकी हुन् । घटनाको ४७ वर्षपछि उनीमाथि यो आरोप लगाइएको...
फागुन २४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले आधा शताब्दीमा हुने काम पाँचै वर्षमा गर्ने बताएका छन् । बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित सातौ अन्तराष्ट्रिय उद्योग व्यापार मेलाको उद्घाटन गर्दै ओलीले भने, ‘अबको ५ वर्ष विकास निर्माणको क्षेत्रमा आधा शताब्दी हुनेछ । आधा शताब्दीमा हुने काम हामी ५ वर्षमा गछौं ।’
देशको लागि काम गर्न...
फागुन २४,
काठमाडौं । सुनसरीको धरान र झापाको काकडभिट्टाबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–११, शिवजी चौकबाट लागुऔषध बिक्रीमा संलग्न धरान–११, का बिक्रम भुजेल र लागुऔषध खरिदकर्ता सुरेशकुमार राईलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरुलाई लागुऔषध खरिद बिक्री गर्दै गर्दा पक्राउ गरेको हो । भुजेले बोकेको झोलाबाट ३...
फागुन २४,
भोजपुर । यहि चैत ८ गतेदेखि हुने विद्यालय शिक्षा परीक्षा एसईई को केन्द्र निर्धारण सम्बन्धी निर्णय उल्टाएको भन्दै भोजपुरमा स्थानीयवासीले हिले(भोजपुर नारदमुनी थुलुङ्ग सहायक राजमार्ग अवरुद्ध गरेका छन् ।
राधाकृष्ण मावि श्यामसिला केन्द्रको ठाउँमा यसोधरा मावि कायम गरिएको भन्दै श्यामसिलाका राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिसमेतको आव्हानमा बिहीबार एक घण्टा चक्काजाम गरिएको छ ।
संघीयताको भावनाविपरीत सदरमुकामभन्दा बाहिर विकेन्द्रिकरण हुन नदिने...
फागुन २४,
काठमाडौं । गत सोमवारका लागि तय गरिएको नेपाली काँग्रेसको संसदीय निर्वाचनमा सभापति शेरबहादुर देउवा मतदान गरि तत्काल बाहिरिए ।
देउवाको प्रतिद्धन्द्धी प्रकाशमान सिंह मतदान सकिने वेलातिर मतदान स्थलबाट निस्के । सिंहसँगै महामन्त्री शशांक कोइराला र अर्का नेता मिनेन्द्र रिजाल केहिवेर एकैस्थानमा गफिए ।
सिंहको निकटमा बसेका कोइराला र रिजालको मन भने निकट नभएको नतिजा प्रकाशित हुनासाथ धेरैलाई ज्ञान भएको...
फागुन २४,
काठमाडौं । रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिणको लागि नवौं भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ ।
इपीएस कार्यालय ग्वार्कोले आज एक सूचना जारी गर्दै परीक्षाको मिति जानकारी गराएको हो । कार्यालयका अनुसार अनुमानित उत्तीर्ण संख्या सात हजार एक सय रहेको छ । परीक्षार्थी मध्यबाट उत्पादनमुलक क्षेत्रतर्फ चार हजार ८०० र कृषि तथा...
फागुन २३,
काठमाडौं । मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना फोटोग्राफर पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहनी–१३ घर भइ काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २० वर्षीय अमन तामाङ छन् ।
उनले कक्षा ८ मा अध्ययरत् १३ वर्षीय बालिकालाई फेसबुकमा साथी बनाएर मोडल बनाइदिन्छु भन्दै जबरजस्तीकरणी गरेको पीडितले उजुरी दिएकी छन् । तामाङले बालिकालाई फकाएर...
फागुन २३,
काठमाडौं । राष्ट्रियसभामा मनोनित तीन जना सांसदको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि अब तीन सांसदले सपथ ग्रहण गर्ने बाटो खोलेको छ ।
यसअघि सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण अर्थमन्त्रीसमेत रहेका डा। युवराज खतिवडाका साथै रामनारायण बिडारी र विमला पौड्यालले राष्ट्रियसभाको...










