परिक्षा केन्द्र उल्टाएको भन्दै चक्का जाम

262
फाइल तस्विर

फागुन २४,
भोजपुर । यहि चैत ८ गतेदेखि हुने विद्यालय शिक्षा परीक्षा एसईई को केन्द्र निर्धारण सम्बन्धी निर्णय उल्टाएको भन्दै भोजपुरमा स्थानीयवासीले हिले(भोजपुर नारदमुनी थुलुङ्ग सहायक राजमार्ग अवरुद्ध गरेका छन् ।
राधाकृष्ण मावि श्यामसिला केन्द्रको ठाउँमा यसोधरा मावि कायम गरिएको भन्दै श्यामसिलाका राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिसमेतको आव्हानमा बिहीबार एक घण्टा चक्काजाम गरिएको छ ।
संघीयताको भावनाविपरीत सदरमुकामभन्दा बाहिर विकेन्द्रिकरण हुन नदिने मनसायबाट दवाबमा परेर पुरानो निर्णय फेरिएको भन्दै शुक्रबारबाट अनिश्चितकालीन यातायात बन्द र थप संघर्षका कार्यक्रमहरु गर्ने राधाकृष्ण मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर कार्कीले बताए ।
गत वर्ष १८ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष घटाएर नियमिततर्फ १५ वटामा झारिएको छ । जसमध्ये परीक्षा केन्द्र निर्धारण समितिको गत पुस ६ गतेको बैठकले पञ्चकन्या मावि च्यांग्रे, कालिका मावि हेलौंछा, देवीथान मावि आम्तेक, सिंहदेवी मावि हेलौंछा र विद्योदय मावि भोजपुरको केन्द्र राधाकृष्ण माविमा निर्धारण गरिएकोमा अहिले परीक्षाको मुखमा आएर यसोधरा मावि टक्सार कायम गरिएको छ ।
नियमित तर्फको विद्यार्थीहरुको लागि टक्सारमा राखिएकोको एक्ज्याम्टेड समूहको केन्द्र भने श्यामसिला तोकिएको छ ।
सदरमुकाममा रहेको विद्योदय माविले श्यामसिलामा आफ्ना विद्यार्थीको व्यवस्थापनमा समस्या हुने भन्दै अडान राखेकाले केन्द्र हेरफेर भएको बताइएको छ । केन्द्र निर्धारण समितिका अध्यक्ष तथा भोजपुरका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल परीक्षा केन्द्र हटाएको भनेर भ्रम फैलाएको बताउँछन् । ‘एक्जेम्टेड समूहको सेन्टर राखिएको छ, बखेडा मात्र झिकेर नहुनेँ प्रजिअले बताए ।