टेकराज थामी/नयाँ पत्रिका
चैत १०,
काठमाडौं । नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब खाने बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि थाहा छैन । स्वीकृत दरबन्दी र नेपाल प्रहरीले बुझाएको रेकर्डमा ठूलो अन्तर परेपछि...
चैत ९,
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले लिँदै आएको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थालगायत सैद्धान्तिक तथा वैचारिक दृष्टिकोणलाई परिवर्तन नगर्ने भएको छ । केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारीलगायत शीर्ष नेतृत्व तहका नेताको सहभागितामा भएको उच्चस्तरीय अनुशिक्षण बैठकले वैचारिक कारणले पार्टी पराजय नभएको निष्कर्ष निकालेको छ ।
बिहीबारदेखि शुरु भई आज सम्पन्न उक्त बैठकले दलभित्रको आन्तरिक विवाद, संगठन निर्माणमा देखिएको सुस्तताका...
-सुशिला पौडेल
मदिरा र पानी कति रहस्यमय
त्यो रुप र जवानी कति रहस्यमय ।नियालेर विश्व अझै प्यासी- प्यासी
आँखा र नानी कति रहस्यमय ।खोजेर अस्तित्व कहीं बिलाउछु कि
हार र जिन्दगानी कति रहस्यमय ।म उन्मादको शिखर चुमू भन्छु
सपना र कहानी कति रहस्यमय ।भन्छन जीवन देन हो रे ईश्वरको
भूकम्प र सुनामी कति रहस्यमय । ।
...
चैत ९,
काठमाडौँ । केन्द्रीय राजधानी काठमाडौँबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सिधा हवाई सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार कर्णालीको पर्यटन विकाससम्बन्धी छलफलको निर्णयसँगै सुर्खेत उडान शुरु गर्न लागिएको हो । काठमाडौँबाट करीव एक घण्टाको हवाई यात्रापछि सुर्खेत पुगिन्छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्रीबीच कर्णालीको पर्यटन विकासका लागि प्रत्यक्ष...
चैत ९,
भक्तपुर । नेपालमा अझै २८ हजार क्षयरोगी उपचारको दायराबाट बाहिर रहेको एक तथ्याङ्कले देखाएको छ । नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिए पनि तीमध्ये १३ हजार उपचारको दायरामा नआउने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले जनाएको छ । अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा केदारनरसिंह केसीले भन्नुभयो, “नेपालमा नयाँ र पुराना गरी ६० हजार...
चैत ९,
भक्तपुर । मध्यपुर थिमि नगरपालिका भक्तपुरमा दुई फरक दलका नगरप्रमुख र उपप्रमुख हुदाँ काम भन्दा विवाद धेरै हुने गरेको छ । शुक्रबार नगरपालिकाकी उपप्रमुख अन्जना देबि मधिकर्मीले नगरप्रमुख मदन सुन्दर श्रेष्ठले मनोमानी ढंगले अगाडि बढेको भन्दा पत्रकार सम्मेलन नै गरिन् । नगरप्रमुख श्रेष्ठ नेकपा एमाले र उपप्रमुख मधिकर्मी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उक्त नगरमा कांग्रेसले ६...
चैत ९,
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई...
चैत ९,
मोरङ ।उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकका लागि विश्राम चौतारी बनाई दिनुएका छन् । भोटेपुलसंगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिदिएका हो । ज्येष्ठ नागरिक विश्राममा लयमा बसेर भलाकुसारी गर्दै दुःख सुखका कुराकानी गर्न सहज हुने उन्ले बताए । श्रेष्ठले सो चौतारीमा राष्ट्रिय पत्रपत्रिका पढ्न मिल्ने व्यवस्था पनि मिलाएका छन् ।...
चैत ९,
नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष...
सामान्य कृषक परिवारमा वि। सं। २०१८ असोज १ गते पिता जगुसिंह तामाङ र माता सङ्जी तामाङको कोखबाट जन्मिएका हुन्, अमानसिंह तामाङ। बाल्यकालदेखि नै उनी राजनीतिमा चासो राख्थे। २०३६ सालदेखि मसालबाट राजनीतिक यात्रा सुरु गरे उनले। २०४७ सालमा जनआन्दोलन भयो। अग्निप्रसाद सापकोटाको प्रेरणाबाट उनमा कम्युनिस्टप्रतिको छाप पर्यो। २०४९ सालमा संयुक्त जनमोर्चा नेपालको उपाध्यक्ष बने उनी। २०५२ सालमा नेकपा...










