चैत १२,
काठमाडौं । देशभरका विद्यालय भवनलाई पहेंलो रंगले रंग्याउनुपर्ने भएको छ । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको हो । सरकारले यसअघि विद्यालयका बसहरु पनि पहेंलो रंगको हुनुपर्ने नियम बनाएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनहरुमा प्रयोग हुने रंग सम्बन्धी निर्देशिका २०६९ जारी गरेको थियो ।...
चैत १२,
काठमाडौँ । रुसमा एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । साइबेरियाको केमेरोफोस्थित एक शपिङ सेन्टरमा भीषण आगलागी हुँदा थुप्रैं मानिसहरु वेपत्ता भएका छन् । धेरैजसो बच्चा हुनसक्ने र उत्तिकै संख्यामा घाइते भएका छन् । विन्टर चेरी मलको चौथो तलाबाट आगो लागेको भवनमा मनोरञ्जन कम्प्लेक्स, सिनेमा हल लगायत रहेको छ । मृत्यु हुनेमा धेरै...
चैत १२,
धनुषा । एसईईको परीक्षाको तेश्रो दिन धनुषामा गणित विषयको परीक्षा सुरु हुनासाथ प्रश्नपत्र आउट भएको छ । सबैला नगरपालिकाको फकिरचन्द्र गामी उच्च माबि परीक्षा केन्द्रबाट परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका हुन् । विद्यार्थीहरुले चिट चोर्न भाइवरको मेसेन्जर र इमोको प्रयोग गर्दै परीक्षा हलबाट प्रश्नपत्र आउट गरेका हुन् । प्रश्नपत्र आउट भएपछि बाहिरबाटै परीक्षार्थीका आफन्तहरुले चिट...
चैत १२,
विधुत प्राधिकरणले वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने घोषणा गरको छ । स्युचाटारस्थित भार प्रेषण केन्द्र अवलकोन गर्न पुगेका उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनलाई विफ्रिङ गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने बताएका हुन् । प्राधिकरणले अहिले औधोगिक ग्राहकलाई मात्रै दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको छ । औधोगिक ग्राहकबाहेक अन्यत्र...
चैत १२,
काठमाण्डौ । जात्रा’ फेम निर्देशक प्रदीप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ ले यतिबेला सिनेमा घरमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबारदेखि राजधानी र मोफसलका सय बढी हलमा एकसाथ प्रदर्शनरत फिल्मले तीन दिने विकेन्डमा तीन करोड ग्रस कलेक्सन गरेको निर्माता किरण केसीले बताए । फिल्मको तीन दिने कलेक्सन सार्वजनिक गर्दै निर्माता केसीले भने, ‘फिल्म हेरेर निस्कनु भएका...
चैत १२,
कतारमा रहेका नेपलीहरुले एउटा पुण्यको काम गरेका छन् । नेपालीहरुले एउटा बहृत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार सहित ६४ वटा नेपाली संघसंस्थाको संयुक्त समन्वयमा रक्तदान कार्यक्रममा भएको हो । हमाद मेडिकल कर्पोरेसनको रक्त संकलन केन्द्र परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । शुक्रबार भएको रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान...
चैत १२,
कपिलवस्तु । यहाँका महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने कनकमुनि बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको तीन दशकपछि संरक्षण गरिएको छ । सदरमुकाम तौलिहवादेखि सात किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभाजित भई भुइँमा लडेको थियो । त्यसलाई धेरै समय पछि लुम्बिनी विकास कोषले करिब रु ३० लाख लगानीमा एक वर्ष लगाएर सुन्दर आकर्षक र परम्परागत शैलीमा...
चैत १२,
झापा । कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । आइतबार राति शुरु भएको आगलागी आज बिहान मात्रै सो संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट सभाकक्षका झ्याल, ढोका र सभाकक्षमा रहेका सम्पूर्ण फर्निचर नष्ट भएको संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहालले...
चैत १२,
‘लायन डिस्ट्रिक्ट ३२६ बी १, एमडी ३२५ नेपालले नेपालका सय जना विशिष्ट नागरिकलाई सम्मान गर्यो, फागुन २६ गते। त्यसको भव्यताको चर्चा अहिले नगरौँ होला। मैले डिस्ट्रिक्ट गभर्नर लायन धनराज आचार्यलाई शुभकामना दिँदै भनेँ, ‘यस्तो भव्य आयोजना, यति निष्ठा र अनुशासनको शिक्षा नेपालका पार्टी नेता र कार्यकर्ताका लागि अत्यन्तै आवश्यक छ। हाम्रै पार्टीका लागि पनि आवश्यक...
चैत १२,
सुर्खेत । कर्णाली प्रदेशका सरकारी कार्यालयमा मंगलबारदेखि फेसबुक बन्द गरिने भएको छ । आइतबार इन्टरनेट सेवा प्रदायक कम्पनीसँग छलफल गरी मंगलबारदेखि बन्द गर्ने प्रदेश सरकारले तयारी गरेको छ । सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सोमबार पत्र पठाएर मंगलबारदेखि बन्द गरिनेछ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले भने । मुख्यमन्त्री शाहीले आइतबार कर्णालीको राजधानी सुर्खेतमा इन्टरनेट सेवा...










