‘शत्रु गते’ को तीन दिने कलेक्सन ३ करोड ग्रस

295

चैत १२,
काठमाण्डौ । जात्रा’ फेम निर्देशक प्रदीप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ ले यतिबेला सिनेमा घरमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबारदेखि राजधानी र मोफसलका सय बढी हलमा एकसाथ प्रदर्शनरत फिल्मले तीन दिने विकेन्डमा तीन करोड ग्रस कलेक्सन गरेको निर्माता किरण केसीले बताए । फिल्मको तीन दिने कलेक्सन सार्वजनिक गर्दै निर्माता केसीले भने, ‘फिल्म हेरेर निस्कनु भएका दर्शकको प्रतिक्रियाले निकै उत्साहित छौं । साथमा व्यापार जोडिएको नै छ । फिल्मलाई रुचाइनु नै हाम्रो सफलता हो ।’