Saturday, May 2, 2026
Home Blog Page 209
पर्वत : जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा रहेको नव जागृत बहुमुखी क्याम्पसको प्राङ्गणमा खरबाट निर्माण गरिएका साना छाप्राहरूमा दनदनी आगो दन्किरहेको थियो। आगलागी भएकै वरपर ‘गुहार! गुहार! कोही हामीलाई बचाउ! हामी त मर्नै लागियो ऐया!’ चिच्याउँदै थिए। केही बेरमा नेपाली सेनाका ट्रकमा सिपाहीहरू पुग्छन्, आगोमा परेर चिच्याउँदै गरिरहेकाहरूको उद्धार गर्छन्, बोकेर लगेको पानी दन्किरहेको आगोमा फालेर केही बेरमा आगो नियन्त्रणमा...
काठमाडौं । कम्युनिष्ट धारको सरकार बनाउने नेकपा एमाले र माओवादी केन्द्रले तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा आइपुगेको ब्रिफिङ गरेका हुन् ।नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीलाई समेट्ने निर्णय...
काठमाडौँ । पुरनो सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने पक्कापक्की भएपछि मन्त्रीपरिषदको पनि फेर बदल सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले आजै सानो आकारको मन्त्री परिषद बनाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका हुन् ।प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डलमा एमालेका...
सुनसरी : इटहरीमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–६ स्थित वीपी चोकमा शनिबार राति ११ड्ड४५ बजे आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार मृत्यु हुनेमा ५२ वर्षीया गीतामाया कटवाल रहेकी छन् कटवालको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिएर घटनास्थलबाट मुचुल्का...
पर्वत : विकेन्द्रीकरणको अवधारणा अनुसार २०४९ सालबाट नै स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्ने विषय अगाडि आएको छ। देशमा संघीयता लागू नहुनु पूर्व यो विषय सुनसान रहेको भए पनि संघीयतासँगै स्थानीय तह बनाएपछि स्थानीय पाठ्यक्रम ब्युँतिन थालेका छन्। स्थानीय तहको अवस्था, आवश्यकता, उपलब्धता, परिस्थिति लगायतको विश्लेषण गरी स्थानीय तहले पाठ्यक्रम तयार पारेर लागू गर्ने बारेमा धेरै अबाजहरू पनि उठिरहेका...
काठमाडौं : राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि आज सकिदैछ। २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आजदेखि बिदा हुन लागेका हुन्। पदावधि सकिनेहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एमालेका आठ, नेपाली कांग्रेसका चार, नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एक एवं राष्ट्रपतिबाट मनोनित एक गरी २० जना रहेका छन्। उनीहरूको ठाउँमा...
काठमाडौं । नायक दिलीप रायमाझी छोरी दिव्या रायमाझीको तस्बिर हेर्नुहोस् ।
भक्तपुर, । भक्तपुर जिल्ला खेलकुद विकास समितिले को आयोजना प्रथम जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगितामा महिला र पुरुष गरि ५१ जनाको सहभागिता रहेको छ ।दुई दिनसम्म चल्ने प्रतियोगितामा महिला तथा पुरुष बिजेतालाई प्रथम हुनेलाई नगद रु. ७ हजार, दोश्रो हुनेलाई नगद रु. ५ हजार र तेश्रो हुनेलाई नगद रु. ३ हजारका दरले पुरस्कार तथा प्रमाणपत्र...
बीबीसी । बाङ्ग्लादेशको राजधानी ढाकामा अवस्थित एउटा व्यापारिक भवनमा आगलागी हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको त्यहाँ स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त भवनमा रहेको एक रेस्टुराँबाट सुरु भएको आगो चाँडै फैलिएको थियो।गम्भीर जलन तथा भाग्दा चोटपटक लागेका २० जनाभन्दा धेरै घाइतेको उपचार भइरहेको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागी बिहीवार राति १० बजे सुरु भएको थियो। पचहत्तर जनालाई उद्धार गरिएको थियो भने...