Monday, September 28, 2026
Home राजनीति आजै सानो मन्त्री परिषद बनाउने प्रचण्डको तयारी, कांग्रेसका मन्त्रीले राजीनामा नदिने

आजै सानो मन्त्री परिषद बनाउने प्रचण्डको तयारी, कांग्रेसका मन्त्रीले राजीनामा नदिने

51
तस्विरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । पुरनो सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने पक्कापक्की भएपछि मन्त्रीपरिषदको पनि फेर बदल सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले आजै सानो आकारको मन्त्री परिषद बनाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका हुन् ।

प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डलमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् ।
त्यसैगरी रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ ।

उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेको आरोप लगाएका छन् । आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाएका हुन् । ‘देउवाले गठबन्धन प्रधानमन्त्रीले तोडेकाले आफ्नो पार्टीका मन्त्रीहरुले राजीनामा नदिने बताए ।