१. दादुरा–रुबेला कस्तो प्रकारका रोगहरू हुन?
दादुरा रोग मिजल्स भाईरसबाट हुने अतिछिटो सर्ने संक्रामक रोग हो। रुबेला रोग रुबेला भाईरसबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो। यी रोगहरू सामन्यतयाः ५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको छ र छिट्टै फैलिएर महामारी हुनसक्छ। दादुरा संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनुका साथै मृत्यु समेत गराउन सक्छ। रुबेला रोगको असरहरू...
काठमाडौं : राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले देशमा राजस्व संकलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। िहीबारको राष्ट्रियसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने समस्या विकराल बन्दै गएको बताए। उनले देश अहिले आक्रान्त रहेको बताए। उनले सरकारको ध्यान चाँडोभन्दा चाँडो यसतर्फ केन्द्रित हुनुपर्ने बताए। उनले भने, ‘यो देशको विकास र समृद्धिसँग...
बागलुङ :जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ अनुदान दिने भएको छ। रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो। यसका लागि नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत गरेको थियो। गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलब्ध गराउन लागिएको पशु शाखा...
हेटौंडा : मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले राजमार्ग बन्द गरेको छ। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आन्दोलनलाई ऐक्वबद्धता जनाउँदै दुग्ध संघ मकवानपुरले राजमार्ग बन्द गरेको हो।मकवानपुरका करिब ६ हजार दुग्ध किसानको उपस्थितिमा राजमार्ग बन्द गरेका हुन्। दुग्ध किशानहरुले मकवानपुर जिल्ला बकैया र बागमती गाउँपालिका, हेटौंडा वडा नम्वर १७ र १८ तथा मकवानपुरगढी गाउँपालिका र सुकौराका दूध किसानहरु सानोपोखरा...
काठमाडौं । गाडी अनियन्त्रित भई पल्टिँदा १५ जनाको मृत्यु भएको छ । यो घटना भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको हो। दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ । मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना...
काठमाडौं । घुमौं भरतपुर भन्ने मूल नाराका साथ चितवनको भरतुपर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४को सुरुवात गर्दैछ । उक्त कार्यक्रम उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली भरतपुर जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रममा महानगरले यालीमा सहभागी हुन र वडाले विद्यालयलाई बन्द गरेर कार्यक्रममा सहभागी हुन...
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टलाई अब पार्टीमा बस्न रुचि छैन् । बारम्बार पार्टीका अध्यक्ष प्रचण्डले आफुलाई अपमानीत गरेको भन्दै उनले पार्टी परित्याग गर्ने मन बनाएको उनि निकटको भनाई छ । हालै काठमाडौँमा सम्पन्न माओवादी स्थायी समिति बैठक बहिस्कार गरेका उनी पार्टीका स्थायी समिति सदस्य हुन् । आफूलाई माओवादी संसदीय दलको नेता र पार्टीको ठोस जिम्मेवारीबाट हटाएपछि उनी...
-हेमराज ढकाल
भक्तपुर । काम गर्ने हुटहुटी बोकेर आएको मानिसले कुनैपनि संस्थाको जिम्मेवारी पाएपछि कस्तो हुन्छ भन्ने थाहा पाउन भक्तपुर जिल्ला खेलकुद विकाश समितिलाई हेरे पुग्दछ ।
करिब २ वर्ष अगाडी भक्तपुर जिल्ला खेलकुद विकाश समितिको अध्यक्षमा बागमती प्रदेश सरकारले भक्तपुर सूर्यविनायक नगरपालिका-५, कटुन्जेका युवा दीपक थापालाई नियुक्त गर्यो । राजनीतिक र सामाजिक छवि लिएर विकाश समितिमा आएका थापा आफैंपनि एक...
काठमाडौं । संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन प्रदेशमा महामन्त्री हटाएको छ। त्यस्तै कोशी प्रदेशका महामन्त्री लालविक्रम थापा निलम्बनमा परेका छन्।बागमती प्रदेशकी महामन्त्री जिता बरालले कार्य-व्यस्ततालाई कारण देखाउँदै महामन्त्रीको भूमिकाबाट बहिर्गमित भएको पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बराल २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार थिइन्।सुदूरपश्चिमका महामन्त्री भोजराज जोशीले पनि आफैं...
भक्तपुर । साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आउनुभएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उहाँका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचन भएको हो । भक्तपुरको दूधपाटीस्थित तिशा इन रेस्टुरेन्टमा तिशा ट्रस्टले आयोजना गरेको एक कार्यक्रमबिच लेखक तिलक प्रकाशका दुई कृतिहरू ‘मेरो...










