चैत १५,
पर्वत । जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने सिडर मेसिन भित्रिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो। कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने सिडर, छोडाउने कन्सेलर र खोल्स्याउने...
चैत १५,
काठमाडौं । दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको यात्रुवहाक बस फर्पिङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बा १ ज ९९९९ नम्बरको बस फर्पिङभञ्याङमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका ५ का ४२ वर्षीय मञ्जु बस्नेत र सोही नगरपालिका ३ का २५ वर्षीय सुनील श्रेष्ठ रहेको महानगरीय ट्राफिक महशाखाका डिएसपी...
चैत १५,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई बिहीबार सम्बोधन गर्दैछिन्। मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रहअनुसार सोको तयारीमा नेपाल सरकार, संघीय संसद् सचिवालय र राष्ट्रपतिको कार्यालय जुटेका छन्। अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट पहिलो सम्बोधन...
चैत १४,
भक्तपुर । शिक्षक सेवा आयोगले आफुले लिने शिक्षकहरुको परिक्षाको तयारी पुरा भएको जानकारी दिएको छ ।
बुधबार सानोथिमिस्थित् कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगका अध्यक्ष ताना गौतमले यहिँ चैत २३ गते हुने विद्यालय स्तरका सबै तहका शिक्षकको परिक्षाको तयारी पुरा भएको बताए ।
गौतमले भने ‘पटक पटक रोकिदैं आएको परिक्षा अब पक्का हुन्छ ढुक्क हुनुहोस् । ’
केही तत्व कहिल्यै...
चैत १४,
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा केही दिन यता राजनितिक कारणले गर्दा समय नआउदै गाइजात्रा हुन थालेको छ । मध्यपुर थिमि नगरपालिका दुई फरक दलका नगरप्रमुख र उपप्रमुख हुदाँ काम भन्दा विवाद धेरै हुने गरेको छ । बुधबार नगरपालिको स्थापना दिवस नगरप्रमुख र उपप्रमुखले फरक फरक कार्यक्रम गरेर मनाए । बिहान नगरपालिकाकी उपप्रमुख अन्जना देबि मधिकर्मीले कार्यालयको प्राङगणमा...
चैत १४,
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी नेरेसो ले सन् २०१८ मा सञ्चालन गर्ने कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसी आरसीले करीव रु ८० लाख सहयोग गर्ने भएको छ । रेडक्रसका आधाभूत सिद्धान्त, पारिवारिक सम्पर्कको पुनःस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धिजस्ता गतिविधि सञ्चालनमा नेपाल रेडक्रसले सो रकम खर्च गर्ने छ । आइसीआरसीका नेपाल प्रतिनिधि आन्द्रे पाकेट र नेरेसोका महामन्त्री देवरत्न धाख्वाले...
चैत १४,
धनगढी । कैलालीको पहाडी क्षेत्रमा उत्पादन हँुदै आएको अदुवाले उचित मूल्य पाउन नसकेपछि स्थानीय किसान मारमा छन् । मूल्य नपाएपछि उत्पादन भएको अदुवा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको स्थानीय कृषक करन जेठाराले बताउनुभयो । एक वर्षअघिसम्म प्रतिकिलो काँचो अदुवा रु ६० देखि रु ७५ को दरले बिक्री गर्न पाएका कृषक यसवर्ष बढीमा प्रतिकिलो रु २२ मा बिक्री...
चैत १४,
काठमाडौँ । मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ । चेतना अभिवृद्धि केन्द्र क्याप नेपाल ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो । स्वास्थ्य जाँचमा खटिनुभएका थापाथली प्रसूतिगृहका नर्स मोनिका गहतराले मनोरञ्जनका क्षेत्रका महिलालाई मानसिक तनाव, महिनावारी गढबढी, योनीबाट...
चैत १४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मजबुत र राष्ट्रिय एकताका साथ मुलुकको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्र अफ्ठ्यारोमा रहेको र समृद्ध नेपालको लागि आर्थिक विकास अनिवार्य रहेको बताएका हुन्। नेपालको अर्थतन्त्र ुडेप्थ सीु जस्तै होचोरकम रहेको हुनाले...
चैत १४,
बल टेम्परिङ विवादमा फसेका अस्ट्रेलियन टिमका उपकप्तान डेभिड वार्नरलाई प्रतिष्ठित टी(२० प्रतियोगिता इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावादले कप्तानको जिम्मेवारी नदिने भएको छ। हैदरावादमाथि वार्नरलाई कप्तानबाट हटाउन दबाब बढ्दै जाँदा क्लबको आग्रहमै वार्नरले कप्तान पदबाट राजीनामा दिएका हुन्। गत सिजन वार्नरकै कप्तानीमा उत्कृष्ट प्रदर्शन गरेको हैदरावादले बल टेम्परिङ विवादको सामना गरिरहेका वार्नरले नैतिक्ताका आधारमा पनि आफू...










