शिक्षक सेवा आयोगले लिने परिक्षाको तयारी पुरा

367

चैत १४,
भक्तपुर । शिक्षक सेवा आयोगले आफुले लिने शिक्षकहरुको परिक्षाको तयारी पुरा भएको जानकारी दिएको छ ।
बुधबार सानोथिमिस्थित् कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगका अध्यक्ष ताना गौतमले यहिँ चैत २३ गते हुने विद्यालय स्तरका सबै तहका शिक्षकको परिक्षाको तयारी पुरा भएको बताए ।
गौतमले भने ‘पटक पटक रोकिदैं आएको परिक्षा अब पक्का हुन्छ ढुक्क हुनुहोस् । ’
केही तत्व कहिल्यै यो परिक्षा नहोस् भनेर अदृश्य रुपमा परिक्षा विरोधी गतिविधिमा सक्रिय रहेको समेत अध्यक्ष गौतमको आरोप छ । मुलुकभर प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहमा गरेर २२ हजार ७६ जना शिक्षकको माग गरिएको छ । जसमा २३ हजार २ सय ८६ जनाले आवदेन दिएका छन् ।
समयमै यो परिक्षाको नतिजा प्रकाशित भएमा आगामी वर्ष करिब ११ हजार नयाँ शिक्षक पदको माग गर्न सकिने आयोगको भनाई छ । गौतमले आठौं र नवौं शिक्षा ऐन संशोधनपछि अहिले लिन लागेको परिक्षाका केही नियम परिर्वतन भएको बताए ।
उक्त नियम २०४९ पौष २० गते भन्दा पहिला, त्यसपछि २०६१ सालसम्म र २०७२ असोज २ गतेसम्म अस्थायी शिक्षक भएकाहरुमा लागू हुने छ । परिक्षा केन्द्र तत्कालिन पाचँ विकाश क्षेत्रमा तोकिएको छ । जसमा पूर्वाञ्चलको झापामा २६ परिक्षा केन्द्र, मध्यमाञ्चलको काठमाडौंमा ३०, पश्चिमाञ्चलको कास्कीमा ३२, मध्यपश्चिमाञ्चलको बाकेँमा १७ र सुदुरपश्चिमा ञ्चलको कञ्चनपुरमा ११ वटा परिक्षा केन्द्र तोकिएको आयोगले जानकारी दिएको हो ।
नवौं शिक्षा ऐन संशोधनपछि हाल कार्यरत अस्थायी शिक्षक परिक्षामा अनुर्तिण भएपनि राज्यले सेवा अवधी अनुसारको सुविधा दिएर बिदाई गर्ने कानुनी व्यवस्था बनेको छ ।