Home Blog Page 2070
चैत २६, भक्तपुर । प्रदेश नम्बर ३ को स्थायी राजधानी भक्तपुरलाई माग गर्दै आज प्रदेश सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ । एमालेका प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउँने १० आधारसहित प्रस्ताव दर्ता गरेको प्रदेश सचिवालयले जानकारी दिएको छ । प्रदेशसभा सदस्य थापाले भक्तपुरलाई स्थायी राजधानी बनाउँदै ३ नम्बर प्रदेशका सबै जिल्लालाई पायक पर्ने र सहज...
-राजकुमार लामिछाने, आज हामिले आँटे हुन्छ अर्को युगको सुरुवात सुनौलो बिहानी त अवश्य हुन्छ मित्र जतिसुकै कालो किन नहोस यो रात सुन मनमा गुन म भन्दैछु बार बार हामी क्रान्तिका सिपाही हौ कि जित्छौ कि सिक्छौ हुनेछैन हाम्रो कहिलै हार ।कति आउलान आधी बेरी ‎कति पर्ला खडेरी ‎कतै पाउ फुट्ला तिम्रो ‎कतै धैर्य टुट्ला ‎तर पनि ‎क्रान्तिको मशाल त बल्छ बल्छ ‎तिमी आउ न आउ ‎यो यात्रा त चल्छ चल्छ ‎तोडिनेछ अवश्य यो असमनातको बार ‎हामी क्रान्तिका...
चैत २६, काठमाण्डौ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन दिने भारत भ्रमण सकेर स्वेदश फर्किएका अभिनेता राजेश हमालले राजदूत बन्ने आकांक्षा रहेको स्पष्ट संकेत गरेका छन् । नयाँ दिल्लीको पाँच तारे होटल ताज महलको बसाईको क्रममा एक मिडियासँगको कुराकानीमा उनले राजदूत बन्न प्रस्ताव आए नाइँ भन्न नसक्ने बताएका छन् ।
चैत २६, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६।४३ प्रतिशत साक्षर रहेको पाइएकाले आइतबार जिल्लालाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले साक्षर जिल्ला घोषणा गर्नुभएको हो । मुख्यमन्त्री राईले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउने भन्दै यातायात, स्वास्थ्य...
चैत २६, ललितपुर । घरेलु हिंसासम्बन्धी एउटै घटना दोहोरिएर आउने गरेको छ । श्रीमान्सँगको विभिन्न किसिमका झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म आइपुग्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख चञ्चला श्रेष्ठले बताउनुभयो । प्रहरीले घटना हेरेर सामान्य झगडामा मेलमिलाप गराउने गरेको छ । प्रहरीसम्म आएर गएको एक साता नबित्दै त्यही विषयमा महिला आइपुग्ने गर्छन् । उहाँ...
चैत २६, डोल्पा । विकट हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङबस्ती राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत डोल्पा रुकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको नौ किलोमिटर सडकखण्ड निर्माण कार्य पूरा भएसँगै खदाङ श्रीविण्डे हुँदै चिप्लेभिर राष्ट्रिय सडक सञ्जालमा जोेडिएको हो । आइतबार पूर्व शान्तिमन्त्री तथा वर्तमान संघीय सांसद सत्य पहाडीद्वारा त्रिपुरासुन्दरी नगरपालिका–५...
-डा जया प्रधान, स्वास्थ्य । ‘नानी रोएको छ, भोक लाग्यो होला, खुवाइहाल’ ‘नानीलाई छिटो दुध खुवाउनु’ शिशुका आमालाई घरपरिवारले यस्ता कुरा भनिरहन्छन्, सम्झाइरहन्छन्। अर्थात् धेरैको ध्यान शिशुमा हुन्छ। तर शिशुलाई दुध खुवाउनुपर्ने भएकाले पोषिलो खाना समयमा खानु, आराम गर्नु जस्ता कुरा विरलै सुन्छौँ। हो, बच्चाले भन्न जान्दैन। त्यसैले उसलाई समय–समयमा आमाको दुध खुवाइरहनुपर्छ। सुरुमा...
चैत २६, काठमाडौं । रेबिज विरुद्धको भ्याक्सिन किन्नका लागि गरिएको ‘प्रस्ताव फाइल’ स्वास्थ्य सचिव डा पुष्पा चौधरीले लामो समय अड्काइदिएपछि भ्याक्सिन अभाव हुने अवस्था आएको छ। भ्याक्सिनको ‘स्टक’ सकिने अवस्थामा पुगेपछि आपत्कालीन आपूर्तिका लागि उक्त प्रस्ताव सचिव डा चौधरीकहाँ लगिएको थियो। वीर अस्पतालबाट भर्खरै सरुवा भएर महाशाखा प्रमुख बनेका डा केदार सेञ्चुरी एक हप्तासम्मका लागि मात्र भ्याक्सिन स्टक रहेको...
चैत २६, चितवन । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताउनुभयो । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भन्नुभयो, “दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन ।” सभापति देउवाप्रति...
चैत २६, काठमाडौं । नेकपा माओवादीबाट मन्त्री भएकाहरुले पार्टी नेतृत्वसामू सचिव सरुवाबारे पत्तै नपाएको गुनासो गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि विभिन्न मन्त्रालयका ३० सचिवहरुको सरुवा गरेका थिए । सोमबार अध्यक्ष प्रचण्डसँग सामूहिक भेट गरेर माओवादी मन्त्रीहरुले मन्त्रालय सम्हालेपछि अहिलेसम्म गरेका कामबारे जानकारी गराएका छन् । ब्रिफिङ सकेर संगठन संरचना निर्माणमा जुटेको र बजेटको सिलिङ आएकाले...