Saturday, May 16, 2026
Home Blog Page 2063
बैशाख १, काठमाडौँ । सरकारले नयाँ शैक्षिकसत्रका लागि आजदेखि भर्ना अभियान सञ्चालन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सञ्चालन गरिएको मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । उहाँले भर्ना अभियानकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुगुको विद्यालयमा एक–एकजना विद्यार्थीलाई भर्ना गरेको बताउनुभयो ।...
बैशाख १, काठमाडौँ । सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबारदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ । अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५ः३० र शुक्रबार ३ः३० देखि ४ बजेसम्म पत्रकार सम्मेलन गरिने सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जनकारी दिनुभयो । उहाँले सर्वोच्चबाट दैनिक हुने न्याय सम्पादन बारे सञ्चारमाध्यममा पहुँच...
बैशाख १, काठमाडौं । पुष्प व्यवसायको विकास र विस्तारका लागि काठमाडौंमा पुष्प प्रदर्शनी सुरु भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि भृकुटीमन्डपमा फ्लोरिकल्चर एसोसिएसन नेपालले प्रदर्शनी आयोजना गरेको हो । चार दिनसम्म चल्ने मेलामा मौसमी फूल, फूलको बीउ–विजन, हरितगृह, कृषिऔजारका सामग्रीसहित फूलका ८२ कक्ष छन् । हालसम्म ४१ जिल्लामा करिब...
बैशाख १, विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाले र माओवादी केन्द्रबीच समानताका आधारमा पार्टी एकीकरण हुने बताएका छन् । समानताको आधारमा हुने पार्टी एकीकरणलाई अब कसैले रोक्न नसक्ने नेता खनालको भनाइ थियो । शनिबार विराटनगर विमानस्थालमा सन्चारकर्मीसँग कुराकानी गदै नेता खनालले एकीकरण गर्दा ५०–५० को सिद्वान्त तय नगरिएपनि एकता सम्मानजनक हुने दोहोर्‍याए । पार्टी एकीकरणका लागि राजनीतिक...
Chautara, April 14(RSS): Police in Sindhupalchowk are searching for a youth who went while swimming in the Sunkoshi River at Thulodhunga of Sindhupalchowk this afternoon. Rupesh Khadka, 18, of Yamunadanda of Sunkoshi Rural Municipality-4 who was here for a picnic organised on the occasion of the New Year had reportedly disappeared while swimming, the District Police Office, Sindhupalchowk said.
Mugu, April 14 (RSS): A ward chairman in Jumla district died after he collapsed during the inaugural programme of Rara-Karnali Tourism Year-2075 on Saturday. Kali Bahadur Gharti, the chairman of Ward-7 of Kanakasundari Rural Municipality in Mugu, died after he collapsed when the inaugural session was ongoing. Gharti, 60, had arrived in Rara Lake from the two-day trek. Gharti...
बैशाख १,बिबिसी -अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले सिरियामा संयुक्त रूपमा हवाई र क्षेप्यास्त्र आक्रमण गरेका छन्। यो कारबाही गत शनिवार सिरियाली सरकारले रासायनिक अस्त्र प्रयोग गरी गरेको भनिएको आक्रमणको प्रत्युत्तर भएको बताइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले साझेदार राष्ट्रहरूले ूबर्बरता र क्रूरताविरुद्ध उचित शक्ति प्रयोगू गरेको टिप्पणी गरेका छन्। अमेरिकाका अनुसार दमास्कसमा रहेको एउटा अनुसन्धान केन्द्र र होम्सनजिकै रहेका दुई भण्डारण केन्द्र...
बैशाख १, कलैया । महागढीमाई नगरपालिका–११ मधुरी जब्दीमा आज भएको आगलागीमा १४ वटा घर जलेर नष्ट भएका छन् भने पाँच वटा चौपाया मरेका छन् । स्थानीय भजन रामको घरबाट सल्लकेको आगोबाट धुरेन्द्र राम, रामजी राम, सुरेश राम, रामविश्वास रामलगायत १४ जनाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा रु २५ लाख ७० हजारको नोक्सान भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिनुभयो ।...
बैशाख १, मुगु, रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको आज कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आउनुभएको थियो । स्थानीय निर्वाचनमा उहाँ नेकपा ९एमाले० बाट निर्वाचित हुनुभएको थियो । प्रधानमन्त्री केपी...
बैशाख १, धनगढी । प्रदेश नं ७ को धनगढीबाट आज शुरु गरिएको ‘मेरो वर्ष २०७५ अभियान’को मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुभारम्भ गर्नुभयो । सामाजिक विकास मन्त्रालयको परिसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अभियानको शुभारम्भ गर्दै स्वस्थ्य जीवन जीउन दैनिक योगाभ्यास गर्न जरुरी रहेको बताउनुभयो । सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले स्वास्थ्य वर्ष अभियानलाई प्रदेश नं ७ का गाउँ÷वडा तहमा...