बैशाख २,
एजेन्सी । म्यान्मारको रखाइन राज्यबाट विस्थापित भई बङ्गलादेश गएका शरणार्थीहरूमध्ये पहिलो परिवार स्वदेश फिर्ता भएको म्यानमार सरकारले जनाएको छ । पहिलो पाँच सदस्यको परिवार रखाइन फिर्ती शिविरमा पुगेको छन्, सरकारको सूचना समितिले आफ्नो फेसबुक पेजमा जनाएको छ । रोहिंज्या अल्पसंख्यक समूलायमाथि रखाइन राज्यमा भएको सैनिक कारबाहीपछि ज्यान जोगाउन भन्दै गत वर्ष ठूलो सङ्ख्यामा यहाँका नागरिक बङ्गलादेश पुगेका...
बैशाख २,
काठमाडौं । बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘ह्याप्पी डेज’ को प्रोमो सार्वजनिक गरिएको छ । हिट गीत चेप्टे चेप्टे पेरुङ्गो सहित ट्रेलरमा कमेडी डायलग र दृश्य छन् । मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विकी जोशी लगायत कलाकारहरुको अभिनय छ । फिल्मलाई लण्डन सिने आइ प्रोडक्सन र चाम्स...
बैशाख २,
झापा । नेपालमा समाजवाद लागू गर्ने प्रारम्भिक आधार तयार भइनसकेको ठहर गरिएको छ । शहीद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठानले आज झापाको बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा सहभागीले पूँजीवादी क्रान्तिको अभिभारा पूरा भइसके पनि आन्तरिक उत्पादनको अवस्था कमजोर रहेकाले सामाजिक न्यायसहितको समाजवाद तत्काल कार्यान्वयन गर्न असम्भव हुने औँल्याए । उनीहरुले नेपाली माटो सुहाउँदो समाजवाद खोजिनुपर्ने बताए । कार्यक्रममा...
बैशाख २,
काठमाडौँ । पशुपति अन्नपूर्ण आश्रमले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत १७७ नर्सलाई पोशाक वितरण गरेको छ । आश्रमले आमाको मुख हेर्ने औँसीको अवसर पारेर आज उक्त अस्पतालमा कार्यरत १७७ ज्येष्ठ नर्सलाई सरकारी पोशाक वितरण गरेको हो । पोशाक वितरण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आमा खुवाउने औँसीका अवसरमा आमासरहका ज्येष्ठ नर्सलाई पोशाक वितरण...
बैशाख २,
बैतडी । त्रिपुरा क्रिकेट क्लब, यहाँ जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा आज भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो । टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै २५४ रन बनायो । दुई सय ५५ रनको विजय लक्ष्य...
बैशाख २,
भक्तपुर । बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्नु भएको छ । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल टोल घुम्ने चलन छ ।
कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो...
-सुशिला पौडेल,सखारै छोडेको छ उसले गाउँ
बाबाको नागरिकता देखाएर सिलाएको
दुई जोडी उधारो कोटहरु बोकेर
कोटहरुसङ्गै बोकेको छ उसले
कोटसङ्ग मिल्दाजुल्दा सपनाहरू ।के क्षमता छैन र ऊ भित्र ?
के प्रतिभा छैन र ऊ भित्र ?
उसले वेद ,बाइबल र कुरान पढेको छ
पढेको छ इतिहास ,अर्थनीति ,कुटनीती
नेपोलियनको प्रेमपत्र उसैले पढेको छ
रोमियो जुलियटको कथा कण्ठै बनाएको छ
ताज महलको राज जानेको छ,रानी महलको भाव बुझेको छ
हिटलर र...
बैशाख २,
इनरुवा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताउनुभएको छ । काँग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताउनुभयो । उहाँले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पादर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले काँग्रेसबिना देशको विकास सम्भव नभएका कारण देश विकास गर्न...
बैशाख २,
पाल्पा । कालीगण्डकी नदीमा शनिबार बेपत्ता भएका युवकको शव आाज फेला परेको छ । नयाँ वर्षको अवसरमा नुहाउन गएका रिब्दिकोट गाउँपालिका–३ हार्थोकका १८ वर्षीय आयुष खनालको शव आज फेला परेको हो । उनी पाल्पाको रानीमहल नजिकैबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बगेको स्थानबाट करिब दुई सय मिटर टाढा उनको शव फेला परेको जिल्ला प्रहरी...
बैशाख १,
झापा । पूर्व–पश्चिम राजमार्गको बिर्तामोड सडकखण्डमा आज साँझ यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ निवासी ३५ वर्षीय प्रेम राई रहेका छन् । नौ वर्षीय छोरा करणलाई साइकलमा पछाडि राखेर दक्षिणबाट आउँदै गरेका उनलाई सडक पार गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १३७१ नंको बसले ठक्कर दिएको थियो ।...










