सिरिया आक्रमणः हालसम्म प्राप्त जानकारी

211

बैशाख १,

बिबिसी -अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले सिरियामा संयुक्त रूपमा हवाई र क्षेप्यास्त्र आक्रमण गरेका छन्। यो कारबाही गत शनिवार सिरियाली सरकारले रासायनिक अस्त्र प्रयोग गरी गरेको भनिएको आक्रमणको प्रत्युत्तर भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले साझेदार राष्ट्रहरूले ूबर्बरता र क्रूरताविरुद्ध उचित शक्ति प्रयोगू गरेको टिप्पणी गरेका छन्।
अमेरिकाका अनुसार दमास्कसमा रहेको एउटा अनुसन्धान केन्द्र र होम्सनजिकै रहेका दुई भण्डारण केन्द्र गरी तीन स्थानलाई लक्ष्य गरेर आक्रमण गरिएको थियो। रुसले अरू स्थानलाई पनि लक्षित गरी क्षेप्यास्त्र प्रहार भएका भए पनि अधिकांश क्षेप्यास्त्रहरू सिरियाली हवाई प्रतिरक्षा प्रणालीले छेकिदिएको बताएको छ। भ्लादिमिर पुटिनले हवाई आक्रमणलाई ूहस्तक्षेपकारी कार्यू भन्दै तत्कालै संयुक्त राष्ट्रसङ्घको बैठक बोलाउनु पर्ने माग गरेका छन्। सिरियाको सरकारी सञ्चारमाध्यमले हवाई आक्रमण ूअन्तर्राष्ट्रिय कानुनको जघन्य उल्लङघनू भएको बताएको छ।
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले हवाई आक्रमण उचित र वैधानिकू भन्दै दाबी गर्दै त्यसो गर्नुको विकल्प नभएको बताएकी छन्।
मेले सिरियाको डुमामा भएको भनिएको रासायनिक आक्रमणलाई ब्रिटेनको सोल्जबरीमा रुसका पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथि स्नायुप्रणालीलाई असर पार्ने रसायन प्रयोग गरी भएको आक्रमणसँग जोड्दै भनिन् ( तिनले (आक्रमणहरूले) रासायनिक अस्त्र (प्रयोगको) मापदण्डप्रति अनादर देखाएका छन्। सिरियाका राष्ट्रिपति बशर अल असदले यो आक्रमणपछि सिरिया र सिरियाली जनताहरू आतङ्कवादलाई निमिट्यान्न पार्न पहिलाको भन्दा झन् प्रतिबद्ध भएका प्रतिक्रिया दिएका छन्। उनले पश्चिमी देशहरूले आफ्नो देशमा आतङ्कवादलाई सघाएको आरोप लगाएका छन्। असादसँग गरिएको टेलिफोन कुराकानीमा इरानका राष्ट्रपति हसन रूहानीले सिरियालाई सहयोग दिइराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।