भक्तपुरका जनप्रतिनिधिमा त्रास

113

बैशाख ९,
भक्तपुर । स्थानीय तहको निर्वाचन भएको एकवर्ष पुग्नै लाग्दा देशको धेरै स्थानमा जनप्रतिनिधिहरु माथी सुनियोजित आक्रमणको घटनामा वृद्धि हुन थालेको छ ।
भक्तपुरका जनप्रतिनिधिहरुले सुरक्षाको कारणले जनताको काम गर्न समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उचित सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन् ।
शनिबार साझँ मध्यपुरथिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठमाथी आक्रमण भएपछि भक्तपुर निर्वाचित जनप्रतिनिधि तथा राजनितिक दलहरुले सुरक्षा माग गरेका हुन् ।
आइतबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पत्रकार सम्मेलनमा समन्वय समितिका प्रमुख नवराज गेलालले मध्युर थिमिका नगरप्रमुखमाथी आक्रमण गर्ने अपराधीलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाउदैं गेलाल भने ‘यदि जनप्रनिधिलाई भयरहित वातावरण नभए विकाश निमार्णका काम गर्न समस्या हुन्छ । ’
गेलालद्धारा जारि विज्ञप्तिमा भनिएको छ, आक्रमणमा संलग्न व्यक्ति, अपराधिक समुहलाई यथासिघ्र पत्ता लगाई जनप्रतिनिधिलाई निर्धक्क भएर जनसेवा गर्ने वातावरण सिर्जना गर्न प्रशासनसंग माग गर्दछौं ।
पत्रकार सम्मेलनमा मध्यपुरथिमि नगरपालिकाकी उपप्रमुख अन्जना मधिकर्मीले अपराधीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसंग माग गरेकी छिन् ।
उप्रमुख मधिकर्मीले मध्यपुरका नगरप्रमुखमाथी भएको आक्रमणको विरोधमा आइतबार नगरका सबै वडा र नगरपालिका कार्यालयमा काम बन्द गर्ने निर्णय गरिएको समेत जानकारी दिइन् ।
उक्त कार्यक्रममा एमाले नेता तथा सांसद महेश बस्नेतले मुलुक संम्वृद्धि तर्फ लम्किएको समयमा आंतककारी शैलीमा जनप्रतिनिधिमाथी आक्रमण गर्नु अपराध र मुलुकको प्रगति विरुद्ध भएको बताए ।
बस्नेतले भने ‘अपराधीलाई पक्राउ गर्न हामी कानुनलाई हातमा हैन साथमा लिएर प्रशासनलाई सहयोग गर्दछौ । ’
प्रमुख जिल्ला अधिकारी पोखरेलले आक्रमणकारीहरुको खोजी भइरहको र केहीदिनमै सार्वजनिक गरि कारवाही गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
नगर प्रमुख श्रेष्ठकलाई मध्यपुरथिमिको वडा नम्बर ३ रहेको उनको घर नजिकै दुईजनाले आक्रमण गरेका थिए । उनको निजि सवारी बा.८ च ८७२०मा समेत तोडफोड गरेका छन् । उनी सवार गाडीमा तोडफोड् गरि आक्रमण गर्दा उनको हात र खुट्टामा चोट लागेको छ ।
हाल नेपाल कोरिया मैत्री अस्पतालमा उनको उपचार भइरहेको नेकपा एमाले भक्तपुरका कार्यवहाक अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् ।