बैशाख १३,
रौतहट । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन्। रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले सिंगो देशले एकता चाहेको प्रतिक्रिया दिए। ुहामीलाई चिन्ता छु, उनले भने, ुसम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने।’ प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित विषय भएको भन्दै विलम्ब गर्न...
बैशाख १३,
काठमाठौं । नायिका निशा अधिकारीले दोश्रो पटक आफ्नो कपाल मुण्डन गरेकी छन् । सगरमाथा चढेपछि कमाल खौरेकी निशाले यस पटक भने पूर्ण रुपमा छोटो मात्रै पारेकी छिन् । गर्भवस्थामा रहेकी निशाले दोश्रो पटक पनि अमेरिकामै कपाल मुण्डन गरेकी हुन् । श्रीमान शरद भेषवाकर र एक धर्मगुरुसँग कपाल मुण्डन गरेको तस्बिर निशाले सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् ।...
बैशाख १३,
उदयपुर । सोमबारदेखि उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित कभर्डहलमा सञ्चालन भएको दुईदिने क्षेत्रीय पूर्वाञ्चलस्तरीय टेबलटेनिस खेल बुधबार सम्पन्न भएको छ । आयोजक पूर्वाञ्चल खेलकुद् विकास समितिका अनुसार खेलमा डबल इभेन्ट र सिंगल इभेन्टतर्फ दुवै खेलमा सुनसरीका खेलाडीहरु प्रथम भएका छन् । यस्तै, द्वितीयमा डबल इभेन्टतर्फ मोरङ, सिंगल इभेन्टतर्फ पनि सुनसरी नै प्रथम भएको पूर्वाञ्चल खेलकुद् विकास समितिका अध्यक्ष...
बैशाख १३,
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ११ प ७०१४ नम्बरको मोटरसाइकल र बा ३ ख ७८७० नम्बरको माइक्रोबस एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भुजेलको मृत्यु भएको हो...
बैशाख १३,
डडेल्धुरा । गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् । केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका छन् । बीचजंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरु सुक्न थालेको स्थानीयको भनाई छ ।डडेल्धुराको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु...
बैशाख १३,
उदयपुर । उदयपुर कटारी नगरपालिकामा बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । उदयपुर, वैशाख १३ । उदयपुर कटारी नगरपालिकामा बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कटारी–३ ताराघारी च्याङगा बस्ने ५० वर्षीय साइला भन्ने भालु विकलाई प्रहरीले बालिका बलात्कार गरेको आरोपमा बुधबार साँझ पक्राउ गरेको हो । उनले स्थानीय ७ वर्षीया बालिकालाई बुधबार...
नागरिक दैनिक- बैशाख १३,
काठमाडौं । नारायणगढ मुग्लिन सडक आगामी जेठ १६ गतेसम्म हस्तान्तरण नगरे ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ । उक्त सडक विस्तारलाई जेठ १६ गते अगाबै सकेर हस्तान्तरण गर्न सरकारले निर्देशन दिईसकेको छ । उक्त मितिमा सडक विस्तारको सम्पुर्ण काम सकेर सरकारलाई हस्तान्तरण नगरे ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार विभागीय कारवाही गर्ने भौतिक पुर्वाधार तथा यातायात...
अन्नपूर्ण पोष्ट- बैशाख १३,
काठमाडौं । धर्म, संस्कृति र सम्पदा संरक्षणको जिम्मेवारी लिएर बसेको गुठी संस्थानलाई सरकारले वर्षौंदेखि झन्डै १३ अर्ब रुपैयाँ तिरेको छैन। सरकारले संस्थानलाई हालसम्मको १२ अर्ब ६२ करोड, ५ लाख, ७९ हजार ५ सय ६४ रुपैयाँ तिर्न(बुझाउन बाँकी छ। सरकारले लामो समयदेखि गुठीको सम्पत्ति सित्तैमा उपभोग गरिरहेको छ। सबैभन्दा धेरै रकम जनकपुरका सरकारी कार्यालय र संघसंस्थाले गुठी...
कान्तिपुर दैनिक- बैशाख १३,
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको समयतालिका तय गर्न परराष्ट्र मन्त्रालयलाई हम्मेहम्मे परेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार छोटो समय धेरै ‘इन्गेजमेन्ट’ ले गर्दा तालिकालाई अन्तिम रूप दिन नसक्दा तिथि सार्वजनिक गर्न ढिलाइ भएको हो । वैशाख २८ मा नेपाल भ्रमणमा आउन लागेका मोदी २९ अपराहन नै फर्कने कार्यक्रम छ ।यसबीच उनले उच्चस्तरका राजनीतिक...
नयाँ पत्रिका दैनिक- बैशाख १३,
काठमाडौं । ७ माघ विमानस्थलबाट तस्करी भयो साढे ३३ किलो सुन
फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो ।...










