बैशाख १३,
डडेल्धुरा । गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् । केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका छन् । बीचजंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरु सुक्न थालेको स्थानीयको भनाई छ ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाका केही वडामा खानेपानीका मुहान सुक्न थालेका छन् । जलवायु परिवर्तनका साथै विकासको नाममा जिल्लाका ग्रामीण क्षेत्रमा हेभी इक्युपमेन्ट ९डोजर०को प्रयोग गरी सडक निर्माण हुने क्रम वढेसँगै पानीका मुहान सुक्न थालेका हुन् । केही वर्ष यतादेखि डडेल्धुरामा पानी सतह कम हुँदै गइरहेको जिल्ला खानेपानी डिभिजन कार्यालय, डडेल्धुराका प्रमुख राजकुमार शाक्यले बताउनुभयो । जंगलमा जथाभावी सडक निर्माण हुनु र हेभी इक्युपमेन्टको प्रयोगले मुहानक्षेत्रको भू–भाग कम्पनका कारण प्रभाव पर्दा पानीका मूलमा असरपरी सुक्न थालेको विशेषज्ञहरु वताउँछन् ।