Friday, October 2, 2026
Home सूचना प्रविधि चिनियाँ भाषामा सरकारी वेवसाइट सुरु

चिनियाँ भाषामा सरकारी वेवसाइट सुरु

184

जेठ ७,
काठमाडौं । सरकारले चिनिया भाषामा नेपाल टुरिजम वेबसाईट संचालनमा ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी र नेपालका लागि चीनका राजदुत यू होङले चिनियाँ भाषामा तयार पारिएको नेपाल टुरिजम वेबसाईटको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त रुपमा उदघाटन गरे। कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले चिनिया पर्यटकहरुको गुणात्मक वृद्धि गर्न चिनिया भाषामै वेबसाईट संचालन गरिएको स्पष्ट पारे। उनले आगामी १० वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु¥याउने सरकारको लक्ष्य पूरा गर्न पनि चिनियाँ पर्यटकलाई नेपाल भित्रयाउने कुरालाई सरकारले उच्च प्राथमिकता दिएको पनि बताए। मन्त्री अधिकारीले पर्यटन क्षेत्रनै मुलुकको आर्थिक समृद्धिको मूल आधार रहेको उल्लेख पनि गरे। उहाँले नेपालको आर्थिक विकासमा चीन सरकारले पु¥याउँदै आएको योगदानको पनि खुलेर प्रशंशा गरे। कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदुत यू होङले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको लक्ष्य पुरा गर्न चीन सरकार नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए। उनले नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासको माध्यामबाट समृद्धिको दिशामा अघि बढेको पनि स्पष्ट पारे।