नेकपा विरुद्ध निर्वाचन कार्यलयमा उजुरी

237

जेठ ११,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन् । आफ्नो नेतृत्वको पार्टीको नाम मिल्ने गरी नयाँ दल दर्ता गरिएको भन्दै उनी आयोग गएका हुन् ।
उनले आयोगलाई बुझाएको उजुरी संचारमाध्यममा पनि इमेल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी संविधानको धारा २६९ अनुसार पहिला नै दर्ता भएको उनको भनाई छ ।

यस्तो छ उनको उजुरी

                                                                        

श्री निर्वाचन आयोग                                                                      मितिः—११ जेठ २०७५               कान्तिपथ ,काठमाण्डौ
                                                       

                    विषयः— आवस्यक कार्वाही गर्ने वारे
उक्त विषयमा विगत केही दिनदेखि सत्तामा रहेका दलहरुले एकता प्रक्रिया मार्फत निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नाम गरेको दल दर्ता गरेको र त्यसको अध्यक्षमा केपी वली र पुष्पकमल दाहाल रहेको भनि संचार माध्यममा प्रचार भइरहेको र स्वयं सरकारका मान्छेहरु वाट समेत यस्तो अभिव्यक्ति आइरहेको प्रति नेपाल कम्युनिष्ट पार्टी सम्मानित निर्वाचन आयोगको ध्यान यस तर्फ आकृष्ट गराउन चाहन्छु । तत्काल यसको सत्य तथ्य सार्वजनकि गर्न र यस्तो असंवैधानिक तथा गैह्रकानुनी काम गर्नेहरुलाई कानुनी कार्वाही गर्न माग गर्दछ ।
९१० नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोग को मिति २०७४ । ५ । २८ चनं ७४।०५ रा।द।३।२।४३८ को पत्र अनुसार निर्वाचन आयोगको २०७४। ५।२२ को निर्णय अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धी ऐनको दफा ४८ अनुसार निर्वाचन आयोगमा दर्ता भएको दल हो । स्मरणीय छ नेपाल कम्युनिष्ट पार्टी संविधानको धारा २६९ अनुसार पनि निर्वाचन आयोगमा दर्ता भएको छ ।
९२० राजनैतिक दल सम्वन्धिऐन २०७३९ संशोधन सहितको दफा ६को ड मा दर्ता हुन आएको दलको नाम वा चिन्ह निर्वाचन आयोगमा दर्ता रहेको दलको नाम वा चिन्ह संग मिल्ने भएमा त्यस्तो दल दर्ता हुन नसक्ने प्रष्ट कानुनी व्यवस्था छ ।
९३० यस्तो कानुनी व्यबस्था हुदाहुदै सरकारमै रहेका दलहरुवाट संविधान र कानुनको सोझै उलङ्गन हुनु र सम्वन्धित निकाय समेत मैेन रहनु ले नेपालको लोकतन्त्र र कानुनी राजको मान्यता को उलङ्घन भएको छ । समयमै यस्तो अधिनायकवादी दुस्कार्य रोकी नेपालको संविधान र नागरिककोको मौलिक हकको रक्षा गर्न आग्रह गर्दछु ।

ऋषिराम कट्टेल
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी
बोधार्थ ः— नेपाल सरकार, राजनीतिक दलहरु र संचार माध्यमहरु