Wednesday, October 7, 2026
Home समाचार अझै भेटिएनन् कर्णालीको पुलबाट हाम फालेका युवक

अझै भेटिएनन् कर्णालीको पुलबाट हाम फालेका युवक

81

काठमाडौं : कैलालीको चिसापानीस्थित कर्णालीको पुलबाट हाम फालेर बेपत्ता भएका एक जना अझै भेटिएका छैनन्। लम्कीचुहा नगरपालिका-३ चिसापानीका करिब ३० वर्षका लोकेन्द्र शाहीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार शाहीको खोजीमा गोताखोर परिचालन गर्ने तयारी भइरहेको छ। सोमबार दिउँसो होली खेल्ने क्रममा १७ युवाले पुलबाट हाम फालेका थिए। १६ जना नदीबाट निस्के पनि शाही बेपत्ता भएका थिए।