Sunday, June 14, 2026
Home Blog Page 1960
नयाँ पत्रिका दैनिक- साउन २, दोलखा । भूकम्पले भवन भत्काइदिएपछि टहरामा सरेका विद्यार्थीका लागि ९० लाखको भवन बन्यो । तर, विद्यार्थी टहरामै छन् । किनकि, व्यवस्थापन समिति र प्रधानाध्यापकले भवन भाडामा लगाएका छन् । सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको छ, विद्यार्थीले चुहिने टहरामै कक्षा लिइरहेका छन् ।पुनर्निर्माण प्राधिकरणले ९० लाखमा बनाइदिएको भवन १५ हजार भाडामादोलखाको मेलुङ गाउँपालिका–४ स्थित भीम...
नेपाल समाचारपत्र- साउन २, काठमाडौं । अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तीहरुलाई सरकारको वदर गर्ने निर्णयलाई सर्वोच्च अदालतले धमाधम उल्टइए दिएको छ । पुनवहालीका लागि सर्वोच्चमा निवेदन दिएका सबै संस्थाका पदाधिकारी पुनवहाली भएका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा नियुक्ती पाएका सरकारी संस्थानका पदाधीकारीहरुलाई वर्तमान सरकारले गत असार २० गते नियुक्ती खारेज गर्ने निर्णय गरेको थियो । निर्वाचनको समयमा...
-राजकुमार लामिछाने 'प्रिन्स',तिम्रो मन भित्र छ छैन थाह छैन तर हामीले प्रेमपुर्वक साना साना इच्क्षाहरुले यो मनमा बनाएको त्यो पिरतीको घरमा म अझै चियाएर हेर्छु तिमीलाई कतै देख्छु कि भनि कोमल भावहरुले कोरेका ति पिरतीको बाटोमा हाम्रा केहि साझा लक्ष्यहरु सहितको साझा चौतारी बनाएका थियौ म त्यहाँ अझै पनि पुग्छु तिमीलाई भेटछु कि भनि ।सुनको संसार त हामीले कल्पना गरेका थिएनौ तर तिमी र म हामी भएर जुन सुनौलो संसार...
स्वास्थ्यः यौन जिवनको एउटा महत्वपूर्ण पाटो हो । तर नेपाली समाजमा लुकेर अश्लिल गतिविधि गर्ने धेरै छन् । तर खुलेर यौनको कुरा समाजमा गर्ने त के श्रीमान श्रीमतीसग यौनको विषयमा कुरा गर्ने मानिस भेट्न गाह्रो छ । त्यसैले पछिल्लो समय यौन अपराध बढ्दै जान थालेको छ ।खाना कस्तो छ ? तरकारी कस्तो छ ? फिल्म कस्तो छ ? वा यो...
साउन १, काठमाडौँ । नेपाल विद्यार्थी संघले डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेवि संघले माथेमा प्रतिवेदन लागू गरेर डा केसीले राखेको माग पूरा गर्न माग गर्दै आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥यालीसमेत निकालेको छ । नेवि संघका अध्यक्ष नैनसिंह महरले सरकारले नागरिकको अधिकार खोसेकाले त्यसको विरुद्धमा नेवि संघले विरोध प्रदर्शन गरेको बताउनुभयो ।...
साउन १, कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक आज दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी करीब ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले बताउनुभयो । मृत्यु हुनेमा कैलालीको गोदाबरी नगरपालिका–४ का २४ वर्षीया रीना चौधरी र...
साउन १, भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा मंगलबार (आज) बाट श्रावणी मेला सुरु भएको छ । मंगलबार बिहान पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको हो । सूर्यबिनायक नगरपालिका वडा नं. ८ मा अबस्थित उक्त मन्दिरमा मंगलबारदेखि सञ्चालन भएको मेला भदौ ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास...
साउन १, भक्तपुर । बिरामी भएर घरमै थला परेका चर्चित लोक गायक बुद्धीकृष्ण लामिछानेको जन्मदिन चाँगुनारायण नगरपालिका र भक्तपुर सांगितिक समाजले मनाइदिएको छ । नगरपालिका प्रमुख सोम मिश्रसहितको सांगितिक समाजको टोली लोकगायक लामिछानेको घरमै पुगेर केक काटेर ६५औं जन्मदिन मनाएको हो ।घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर....., पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुदीँ हुन मलाई सम्झेर......., फाटेको दौरा...
असार ३२, फिफा विश्वकपको फाइनल खेलमा क्रोएशियाको पराजयपछि राष्ट्रपति कोलिन्दा ग्राबर–किट्रोभिकले निकै भावुक हुँदै टीमका कप्तान लुका मोड्रिचलाई अँगालो हालेर सम्झाइरहेको देखिइन् । आइतबार आयोजित फिफा विश्वकपको अन्तिम खेलमा क्रोएशिया फ्रान्ससँग दुई गोलअन्तरले हारेको थियो । रसियाको राजधानीस्थित लुज्निकी स्टेडियममा राष्ट्रपति ग्राबर विभिन्न विशिष्ट व्यक्तिसँग विश्वकपको अन्तिम खेलमा सरिक थिइन् । उनीसँगै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुयल...
असार ३२, काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबारको लागि बोलाइएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।बैठकमा कर्मचारीको व्यवस्थापनसम्बन्धी ऐनका साथै विभिन्न नियुक्तिलगायतका महत्वपूर्ण विषयमा निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।