क्रोएशियाको हारपछि भावुक भएकी राष्ट्रपतिले यसरी सम्झाइन्

104

असार ३२,
फिफा विश्वकपको फाइनल खेलमा क्रोएशियाको पराजयपछि राष्ट्रपति कोलिन्दा ग्राबर–किट्रोभिकले निकै भावुक हुँदै टीमका कप्तान लुका मोड्रिचलाई अँगालो हालेर सम्झाइरहेको देखिइन् । आइतबार आयोजित फिफा विश्वकपको अन्तिम खेलमा क्रोएशिया फ्रान्ससँग दुई गोलअन्तरले हारेको थियो । रसियाको राजधानीस्थित लुज्निकी स्टेडियममा राष्ट्रपति ग्राबर विभिन्न विशिष्ट व्यक्तिसँग विश्वकपको अन्तिम खेलमा सरिक थिइन् । उनीसँगै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों थिए ।