असार ३२,
हाम्रो समाज अझै विभिन्न खाले विभेदबाट मुक्त हुन सकिरहेको छैन । समाजमा विभिन्न खालका कुरीति अन्धविश्वास अझै कायमै छ । यस्तै विभेदमध्येको एउटा उदाहरण हो– छाउपडी प्रथा । छाउपडी प्रथाको अन्त्य गर्नका लागि विभिन्न सङ्घ संस्थाहरूले मौसमी खेती गरिरहेका छन् । मौसमी खेती भन्नाले उनीहरूले दतृसंस्था भेटेपछि मात्र यस विषयमा बोल्ने गरेका छन् तर विभेद जस्ताको त्यस्तै रहेको...
असार ३२,
महोत्तरी । जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् । आँपको मुख्य माग हुने असारे पन्द्र पर्वताका पनि यसपालि आँपको मूल्य बगैँचामा रु १० प्रतिकिलो मात्र रहेको यहाँका किसानको गुनासो...
असार ३२,
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि प्रस्तावित रामायण उद्यान निर्माणस्थल आँपरुख जोड्ने पदमार्ग निर्माण भएको छ ।
बेनी नगरपालिका र पर्यटन विभागको सहयोगमा स्थानीयवासीको अगुवाइमा पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले एक किलोमिटरभन्दा बढी लामो पदमार्ग निर्माण भएको हो । पर्यटन विभागको रु २८ लाख ५० हजार सहयोगमा ८०० मिटर पक्की सिँढीसहितको पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अमर...
-आरएम कार्की
चिया हाम्रो संस्कार हो । अधिकांश नेपालीलाई बिहान उठेपछि एक कप चिया पिउनैपर्छ । अझ सहरी क्षेत्रमा त भेटघाट वा छलफलमा चिया बहाना नै बन्ने गरेको छ । तर, चिया बढी पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । यद्यपि, शरीरलाई फाइदा पुर्याउने चिया पनि छन् । जसमा एउटा पर्छ, ल्वाङ चिया ।-ल्वाङवाला चिया अदुवा र अलैँची चियाभन्दा पनि बढी फाइदाजनक हुन्छ । त्यसैले यस्तो...
असार ३२,
सुनसरी । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
सुनसरीको बर्जु गाउँपालिकाको आइतबार बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले काँग्रेस नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न गरेर लोकतान्त्रिक अभ्यासको प्रत्याभूति दिलाएको छ भन्नुभयो ।
उहाँले...
असार ३२,
काठमाडौं । नेपाली फिल्मकी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज प्रेममा थिए । जसलाई आधिकारिता दिएका छन्, इन्गेजमेन्ट गरेर । पछिल्लो पुस्ता विशेषगरी कलाकारहरु ‘लिभ इन टुगेदर’मै बढी रमाउन चाहन्छन् । तर, ‘फेमिलियर’ प्रेम रोमान्समा रहेका प्रियंका र देशराजले औंठी साटेर समाज र आफ्ना सहकर्मीलाई ‘हामी अर्जिनल जोडी’ भन्ने देखाएका छन् ।
शनिबार यी चर्चित प्रेमजोडीले ‘इन्गेजमेन्ट’...
नयाँ पत्रिका दैनिक- असार ३२,
काठमाडौं । भारतले आफ्नै लगानीमा स्थलगत जलमार्ग नेपालसम्म जोडिदिने भएको छ । ‘नेपाल–भारत स्थलगत जलमार्ग’ निर्माणका विषयमा छलफल गर्न आएको भारतीय टोलीले नेपालसम्म नै जलमार्ग निर्माण गर्ने योजनाबारे नेपाली पक्षलाई जानकारी गराएको हो । भारतको स्थलगत जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रबिर पाण्डेको नेतृत्वमा आएको भारतीय टोलीले बिहारको पटनासम्म निर्माण सम्पन्न भइसकेको जलमार्गलाई नेपालसम्म जोड्ने आफूहरूको योजना रहेको...
नेपाल समाचारपत्र दैनिक, असार ३२,
काठमाडौं । उपत्यकाको एक मात्र फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएका कारण उपत्यकाको फोहोर केही दिन अझै नउठ्ने भएको छ । वर्षात्का कारण दुई सातादेखि राजधानीको फोहोर व्यवस्थापन हुन सकेको छैन ।उपत्यकाको सडक गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ । अधिकांश वटुवा नाक थुनेर हिँड्न बाध्य भएका छन् । फोहोरकै कारण राजधानीमा...
नयाँ पत्रिका दैनिक- असार ३२,
काठमाडौं । नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् रु मेडिकल पढ्ने योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न झन् गम्भीर छ । एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ । तर,...
नयाँ पत्रिका दैनिक- असार ३२,
काठमाडौं । साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् । प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ । ‘सुरक्षामा खटिएको प्रहरीलाई टोलाएर हेर्छ । कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ । केही दिनअघि आफूलाई सेनाको सुरक्षा हुनुपर्ने माग ग(यो । उसले किन यस्तो भनिरहेको छ थाहा भएन,’...



