Monday, June 15, 2026
Home Blog Page 1955
साउन ६, विश्वेश्वरप्रसाद कोइराला नेपालका भूतपूर्व प्रधानमन्त्रीभन्दा, नेपाली कांग्रेसको स्थापना गरी जनक्रान्तिबाट मुलुकमा जहानियाँ राणा शासन हटाई प्रजातन्त्र स्थापना गर्ने एक क्रान्तिकारी नेताभन्दा पनि बढी नेपाली समाजलाई नयाँ बाटोमा डोहोर्‍याउने एउटा सामाजिक रूपान्तरणका अभियन्ताको रूपमा परिचित हुुनुहुन्छ( नेपाली माटोमा अनि विश्व प्रजातान्त्रिक मंमा समेत। जुन दिनदेखि उहाँ नेपाल र नेपाली समाजको मानवोचित सकारात्मक रूपान्तरणका लागि राजनीतिलाई माध्यम बनाएर सामाजिक सेवामा...
साउन ६, काठमाडौं । प्रधानमन्त्री के।पी। शर्मा ओलीले नेपालमा फिल्म सिटी स्थापना गर्न तत्पर भारतीय कलाकार र लगानीकर्तालाई धन्यवाद दिएका छन्। शनिबार साँझ भेट्न आएका एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि।का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदालाई प्रधानमन्त्रीले धन्यवाद दिए। भेटअघि भारतीय समुह फिल्मसिटी निर्माणको लागि...
साउन ६, काठमाडौं । बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ। शनिबार राति ११ः४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको ठिमी बस्ने २४ वर्षीय हीराबहादुर थानीको मृत्यु भएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनाबाट घाइते थानीको उपचारका क्रममा राति १ः३० बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको जानकारी...
साउन ६, चितवन । किसानले दूधको मूल्य घटाएको भन्दै आन्दोलन जारी राखेका छन्। दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोप लगाउँदै उनीहरूले आइतबार चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरे चोकमा २०० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका छन्। किसानलाई दिंदै आएको दूधको मूल्यमा ३ रुपैयाँ घटाएको दुग्ध उत्पादन सहकारी संस्था नगर समन्वय समिति खैरहनीका अध्यक्ष मुकुन्द...
साउन ६, बुटवल । भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार गरिएको छ । उनीहरुलाई प्रवासी नेपाली मित्र मञ्च भारतको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो । लामो समयदेखि भारतको उत्तर प्रदेशस्थित देवरियाको बाल सुधारगृहमा रहेका चार बालकलाई प्रवासी नेपाली मित्र मञ्च भारतले उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको हो । आफ्नो घर ठेगाना र अभिभावकसमेत...
साउन ६, बीबीसी । जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको छ । मानिसहरुको मृत्यु हुन थालेपछि जापानी सरकारले आफ्ना जनतालाई सावधानी अपनाउन निर्देशन दिएको छ । यो सातामा सुरुमा नै जापानमा तापक्रम ४० डिग्रिसेल्सियस पुगेको थियो । जापान टाइम्स रिपोर्टका अनुसार दश हज्जारभन्दा बढी गर्मीसँग जोडिएका स्वास्थ्य समस्याको उपचार गराउन अस्पताल पुगेका थिए ।
साउन ५, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललले सरकार द्धन्द्धमा उत्रेको दाबी गरेका छन्। शनिबार अनसनरत डा। गोविन्द केसीकोको माग पूरा गर्नको लागि दबाब दिन प्रदर्शनमा आएका नेता कार्यकर्तामाथि लाठी चार्ज भएपछि वरिष्ठ नेता पौडेलले सरकार द्वन्द्व तर्फ उद्दत रहेको बताएका हुन्। यो निन्दनीय कार्य भइरहेको छ, सरकार द्वन्द्वमा उत्र्यो यसको निन्दा गर्दछुु तरुणदल अध्यक्ष जीतजंग बस्नेत हसितका...
साउन ५, गत बुधबार राजधानी इस्लामावादमा आयोजना गरेको पत्रकार सम्मेलनमा पाकिस्तानी सेनाका प्रवक्ता असिफ गफुरले भने “यो आमनिर्वाचनमा सेनाको प्रत्यक्ष भूमिका वा राजनीतिक चासो छैन, हामी सरकार र निर्वाचन आयोगको आदेश र खटनमा काम गरिरहेका छौँ।” गएका दुई हप्तामा यो उनको दोस्रो स्पष्टीकरण हो। प्रवक्ता गफुरले गत हप्ता पनि सेनाद्वारा नै आयोजना गरिएको पत्रकार सम्मेलनमा यही आवाज बोलेका थिए। हामी...
साउन ५, बाँके । प्रहरीले तीन सय ट्वाब्लेट नाइट्रोजेपामसहित दुई जनालाई नेपाल–भारत सीमा जमुनहाबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनहाको प्रहरी टोलीले लागुऔषधसहित दुई जनालाई सीमा नाकाबाट पक्राउ गरेको हो। नेपाल–भारत आवतजावत गर्ने सर्वसाधारणलाई चेकजाँच गर्ने क्रममा भारत रुपइडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेका नारायण नगरपालिका–९, दैलेखका विकास रावल र ढुंगेश्वर गाउँपालिका–१ दैलेखका...
साउन ५, वासिङ्टन । (एजेन्सी) /युक्रेनको सैन्य सुधारका लागि अमेरिकाले २० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ । सो कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शुक्रबार सार्वजनिक गरेको छ । अमेरिकी रक्षामन्त्रालय, पेन्टागनले युक्रेनलाई सुरक्षा सहायता कार्यक्रम अन्तर्गत पहिलो चरणमा २० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराएको विज्ञप्तिमार्फत जानकारी गराएको हो । युक्रेनी सेनाको क्षमता अभिबृद्धि गर्ने, सैन्य उपकरणहरु...