साउन ७,
चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् । घाइतेमध्ये...
नागरिक दैनिक साउन ७,
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा दैनिक १२ देखि १५ जोडी सम्बन्ध विच्छेदको मुद्दा लिएर पुग्ने गरेका छन्। काठमाडौं जिल्ला अदालतबाट मात्रै पाँच वर्षको अवधिमा १२ हजार २ सय ३९ जोडीले सम्बन्ध विच्छेद गरिसकेका छन्।
अदालतमा २० देखि ३० वर्ष उमेर समूहका युवा सम्बन्ध विच्छेदका लागि पुग्ने गरेका छन्। जिल्ला अदालतमा परेका सम्बन्ध विच्छेदका १५ हजार बढी...
नयाँ पत्रिका दैनिक -साउन ७,
काठमाडौं । चीनले दोलखामा करिब ९ विघा नेपाली जमिन दाबी गरेको छ । नेपालले भने अस्वीकार गर्दै आएको छ । नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार दोलखा लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्पा चुलीमा सीमा चिह्न चिनियाँले नेपालतिर सारेपछि उत्पन्न विवाद अझै समाधान भएको छैन । सो क्षेत्रमा सीमा चिह्न नम्बर ५७ नेपालतिर सरेको भेटिएको थियो । लामो...
नेपाल समाचापत्र दैनिक साउन ७,
काठमाडौं । भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ । भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन र फौजदारी कसुर ऐन २०७४ निर्माण भएको छ ।ऐनमा भनिएको छ– ‘कसैले कसैको धर्म परिवर्तन गराउन...
साउन ७,
काठमाडौं । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाउँदै छन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ।प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको...
नागरिक दैनिक - साउन ७,
काठमाडौं । अनशनरत डा गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सीधै वार्ता गर्ने भएका छन्। वार्ता टोली फेरिने तर समस्याको समाधान कहिल्यै नहुने भन्दै प्रधानमन्त्री ओलीले सोझै डा। केसीसँग वार्ता गरेर समस्या समाधान गर्ने भन्दै सन्देश पठाएका छन्। केसीले भने जबाफ दिइसकेका छैनन्।‘पटकपटक वार्ता र सहमति हुने तर कार्यान्वयन नहुने अवस्था आएकाले प्रधानमन्त्रीले ‘वान...
साउन ६,
लुम्बिनी–रुपन्देहीमा तीन तलाकबाट पीडित एक मुस्लिम महिलालाई प्रहरीले उद्धार गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.५ मोहसड निवासी २६ बर्षीया सबिना खातुनलाई आफ्नै पतिले तीन तलाक दिई वहुविवाह गरिरहेका बेला उनको प्रहरीले उद्धार गरेको हो । स्थानीय २७ बर्षीय जाबेद मुसलमानले श्रीमती सबिनालाई तीन तलाक दिई कपिलवस्तुको एक गाँउमा पुर्नविवाह ९निकाह० गर्न लाग्दा प्रहरीले फिल्मी शैलीबाट...
साउन ६,
नवलपरासी । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनताको भावनाअनुसार प्रभावकारीरुपमा काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आज बर्दघाटमा आयोजना गरेको ३६ औँ विपी स्मृति दिवसको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार जनताको भावनाअनुसार गर्ने कामभन्दा पनि अन्य काममा अल्मलिएको आरोप लगाउनुभयो ।
उहाँले संविधान निर्माणदेखि कार्यान्वयनसम्म काँग्रेसको प्रमुख...
Palpa, July 22 (RSS): Two people were killed today when a truck hit a motorcycle near the Siddha Baba Temple at Tinau Rural Municipality-1 in Palpa.
Police have confirmed the deaths of Madhav Kumar, 40, and Umesh Kumal, 19, of Aanptari of Mathagadhi Rural Municipality-2. According to Deputy Superintendent of Police, Binod Ghimire, a truck (Na 3 Kha 1008)...
साउन ६,
धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ। झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो। गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ...



